२८ माघ, काठमाण्डौ । नेकपा एमाले उपाध्यक्ष बामदेव गौतम गृहमन्त्री बन्ने चर्चा चले पनि उनी मन्त्रालय छिरिसकेका छैनन् । सुशील प्रधानमन्त्री चयन भएसँगै एमाले र कांग्रेसवीच लफडा सुरु भएपछि त बामदेवका भाग्यमा तेस्रोपटक गृहमन्त्री बन्ने लेखेको छ कि छैन्ने झनै अनिश्चीत बनेको छ ।
तर, नेपाल प्रहरीको हेडक्वाटरमा भने बामदेव आतंक सुरु भइसक्यो । गौतम जतिबेला गृहमन्त्री बन्छन, उनले पुलिस नेतृत्वसँग लफडा गरेको इतिहास छ । त्यसमाथि हालका आईजी उपेन्द्रकान्त अर्याल र बामदेवको पुरानो दुस्मनीका कारण फेरि के–के हुने हो भनेर पुलिसका उच्चपदस्थ हाकिमहरु अहिले चिन्तित रहेको मंगलबार प्रकाशित दृष्टि साप्ताहिकले छापेको छ ।
पहिलोपटक बामदेव गृहमन्त्री हुँदा अच्युतकृष्ण खरेल प्रहरी महानिरिक्षक थिए । २०५३ फागुनमा बामदेव गृहमन्त्री हुनु एक महिनाअघि मात्र अच्युतकृष्ण खरेल प्रहरी महानिरिक्षकमा बढुवा भएका थिए । तर, खरेल र गौतमको ट्युनिङ मिल्न सकेन् । गौतमले खरेललाई राष्ट्रिय अनुसन्धान बिभाग सरुवा गरेर ध्रुवबहादुर प्रधानलाई महानिरिक्षक बनाए ।
सो प्रकरणमा गौतमले खरेल पक्षका धेरै पुलिस अफिसरहरुलाई खेदेर दुर्गम पु¥याइदिएका थिए । त्यसरी खेदिनेमध्ये एक थिए अहिलेका आइजी उपेन्द्रकान्त अर्याल ।
त्यतिबेला खरेल निकट मानिने उपेन्द्र डीएसपी थिए । उनलाई खेदेर गौतमले दुर्गम पठाइदिएका थिए । पछि चुनाव हराएर प्रहरीका हाकिमहरुले गौतमसँग बदला लिएको पनि चर्चा हुने गरेको छ ।
उनै उपेन्द्रकान्त यतिखेर प्रहरी प्रमुख छन भने बामदेव गृहमन्त्री बनेर मन्त्रालय छिर्ने तयारीमा छन् । गृहमन्त्रीले पुलिसभित्र सवैभन्दा धेरै चलखेल गर्ने सरुवा बढुवामा हो । अहिले पनि एआईजी नियुक्ति प्रकृया तीन महिनादेखि रोकिएको छ ।
उपेन्द्र सिस्टममा चलेर सरुवा गर्न खोज्ने तर बामदेव पुरानै स्वभावअनुसार हस्तक्षेप गर्ने अबस्था आउने प्रहरी अधिकारीको पूर्व अनुमान लगाउन थालेका छन् ।
http://www.onlinekhabar.com/
मन्त्रालय नछिर्दै पुलिसमा बामदेव आतंक !
news and entertainment
