यौन सन्तुष्टी बढाउने इलेक्ट्रिक कण्डम...(तस्विरसहित)
सेक्सका क्रममा हुने असुरक्षालाई ध्यानमा राखेर प्रयोग गरिने कण्डमले मानिसको यौन सन्तुष्टीलाई कम गर्ने बताइँदै आएका बेला नयाँ कण्डमको निर्माण गरिएको छ । जर्जीयाका दुई विद्यार्थीले एलेक्ट्रिक कण्डमको निर्माण गरेका छन् ।
उक्त कण्डममा उत्तेजनाको स्तर, तथा अन्य कुराहरू जाच्नका लागि 'stimulatin sleeve' जडान गरिएको छ । उक्त डिभाईसमा लिलिप्याड माइक्रोकन्ट्रोलरको प्रयोग गरिएको छ जसले विभिन्न इनपुट र कमाण्ड लिने गर्छ र इलेक्ट्रिक इम्पल्सहरू इलेक्ट्रोडमा पुर्याउने कार्य गर्छ ।
