काठमाडौं, फाल्गुन १४ । उपपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले गुण्डा नियन्त्रण गर्न प्रहरी प्रशासनलाई ५
उनले राजधानीमा सार्वजनिक स्थानमा अवैध रुपमा बसेकालाई ब्यवस्थित गरी ठाउँ खाली गराउने, फुटपाथमा व्यापार गर्नेलाई व्यवस्थित गरी बाटो खुला गराउने, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने लगायतका निर्देशन दिएका छन् ।
त्यसैगरी अर्का उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले ६ महिनाभित्रै स्थानीय निर्वाचन गराउन तयारीमा जुट्ने बताए ।
यस्तै, अर्थमन्त्री डा. रामशरण महतले निजी क्षेत्रलाई विश्वासमा लिएर ७ प्रतिशतसम्मको आर्थिक बृद्धिदर हासिल गर्न प्रयत्न गरिने बताए । उनले आवश्यक परेमा परिमार्जित बजेट ल्याउन समेत सरकार पछि नपर्ने पनि उल्लेख गरे ।
सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले पनि जनचाहना अनुरुपको काम गरी समयमै नयाँ संविधान जारी गर्न सरकारले भूमिका खेल्ने बताए ।
imagekhabar.com
बुँदे कार्ययोजनासहितको निर्देशन दिएका छन् । मन्त्रीमा नियुक्ति भएलगत्तै मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गौतमले मातहतका निकायहरुलाई ५ बुँदे निर्देशन दिएका हुन् ।
गुण्डा नियन्त्रण गर्न गृहमन्त्री गौतमको निर्देशन
news and entertainment
