विद्यालयमा मारिनेको संख्या ४३ पुग्यो

कानो, १३ फागुन । नाइजेरियाको विद्रोही सशस्त्र संगठन बोको हरामका बन्दुधकारीले विद्यालयमा गरेको गोली प्रहारमा परी मारिनेको संख्या ४३ पुगेको छ । सो सशस्त्र समूहले अन्धाधुन्ध विद्यार्थीहरुमाथि गोली हानेको थियो । सो गोलीकाण्डमा परी मारिने ४३ जना पुगेका समाचारमा जनाइएको छ ।
यसअघि त्यहाँका अधिकारीहरुले २९ जना मारिएको बताएका थिए । ती बन्दुकधारीहरुले विद्यार्थीहरु सुतिरहेको छात्राबासमा एक्कासी हमला गरेका थिए । उनीहरुले त्यस छात्राबास बन्द गरी चारैतिरबाट गोलीको वर्षा गराएका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
एकजना सुरक्षाकर्मीले आफ्नो नाम नबताउने शर्तमा ४३ वटा शव ल्याइएको बताएका छन् । उनले भने– ४३ वटा शव हामीले भेटेका छौं तर यतिमात्र नभई अरुपनि थप शव भेटिन सक्छन् ।
विद्यार्थी सुतिरहेको छात्राबासमा सो हमला गरिएको बताइएको छ । उनीहरुले सुतिरहेको बेलामा बिहानीपख सो हमला गरेका बताइएको छ । पश्चिमी नाइजेरियाको दामातुरु राज्यको राजधानीबाट करिब ६० किलोमीटर पर रहेको एक सरकारी विद्यालयमा बन्दुककारीहरुले सो हमला गरेका थिए । तर अझैपनि मारिनेमा सबैजना विद्यार्थी नै हुन वा अरुपनि छन् भन्ने बारेमा भने अधिकारीहरुले केही बताएका छैनन् । तर प्रहरीले प्रायः विद्यार्थी नै भएको अनुमान गरेको छ ।
समाचारहरुका अनुसार विद्यार्थीहरु सुतिरहेको मौकामा सो हमला भएको र उनीहरु १० देखि १८ वर्षको उमेरका रहेका पनि बताइएको छ ।
उक्त सशस्त्र सङ्गठन बोको हरामले यसअघि पनि विभिन्न समयमा यसरी विद्यार्थीहरुमाथि नै आक्रमण गर्दै आएको छ । सो आक्रमणमा परी कयौं विदार्थीको ज्यान गइसकेको छ ।

news and entertainment