शेर्पा र युरोपियनबीच ७ हजार ४ सय ७० मिटर माथी झडप,सरकारले सगरमाथामा सेना पठाउने

९ फागुन,काठमाडौं ।नेपालले सरकारले सगरमाथा बेस क्याम्पमा सुरक्षाकर्मी तैनाथ गर्ने भएको छ
सगरमाथामा आरोहीको समुहबीचनै झडप हुन थालेपछी सकारले यस्तो निर्णय लिएको हो।

गत अप्रिलमा युरोपियन आरोहण दल र नेपाली शेर्पाहरुको समुहबीच ७ हजार ४ सय ७० मिटर माथी झडप भएको थियो।
पछी उक्त विवाद सुल्झियो तर सगरमाथामा भिड बढ्न थालेपछी सुरक्षाको खाँचो महसुस गरिएको छ।
अप्रिल महिना सम्म नेपाली सेना र प्रहरीको संयुक्त कार्यालय आधारशिविरमा खुल्ने भएको छ।
पर्यटन मन्त्रालयका अधिकारीहरुले जनाए अनुसार ९ सदस्यीय सुरक्षा टोलीमा ३ नेपाली सेना, ३ नेपाल प्रहरी र ३ सशस्त्र प्रहरीबाट हुनेछन्।
सुरक्षाकर्मीहरुलाई पर्यटनमन्त्रालयका कर्मचारीहरुले पनि सहयोग गर्ने छन्।
गत वर्ष भएको युरोपियन आरोहीको टोली र नेपाली शेर्पाको भिडन्त संसार भर हेडलाइन बनेको थियो।
सुरक्षा टोलीले सगरमाथा आोरहीहरुलाई पनि सयोग गर्ने, सो क्षेत्र सफा राख्ने र नियम पालना गराउने छ।
सन १९५२ मा एडमण्ड हिलारी र तेञ्जिङ शेर्पाले आरोहण गरेयता ३ हजार भन्दा बढीले सगरमाथामाथि बिजय हासिल गरिसकेका छन्।

, ,

news and entertainment