January 25,
नेपाल सन्देश डेस्क, काठमाडौं । बिपक्षी गठबन्धनको अबरोधका कारण लगाएतार स्थगीत हुदै आएको संबिधानसभाको बैठक आज पनि बोलाईएको छ । नयाँ बानेश्वरमा दिउँसो बोलाईएको बैठकमा प्रश्नावली समिति गठनको प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
सत्तापक्षको तर्फबाट कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले संविधानका विवादित विषयमा प्रश्नावली समिति गठनको प्रस्ताव पेस गर्ने र त्यो प्रस्ताव एमाले प्रमुख सचेतक अग्नीप्रसाद खरेलले समर्थन गर्ने संसद् सचिवालयले जनाएको छ ।
प्रस्ताव पेस गर्न एकीकृत माओवादी लगायतका प्रतिपक्षी दलले अवरोध गरे संविधानसभाका अध्यक्ष सुवासचन्द« नेम्वाङ आफैले प्रस्ताव निर्णायर्थ प्रस्तुत गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।
संविधानसभालाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै सभाध्यक्ष नेम्वाङले आजको बैठकमा जसरी पनि प्रस्ताव निर्णयमा लाने घोषणा गरेका हुन् ।
उनको यो घोषणाको कांग्रेस एमालेसहित सत्तापक्षले स्वागत गरेका छन भने एकीकृत माओवादी लगायत विपक्षीले बिरोध जनाउदै आएका छन् ।
पटक पटकको छलफलबाट पनि राज्य पुनःसंरचना, शासकीय स्वरुप न्याय प्रणाली र निर्वाचन प्रणालीमा सहमति नजुटेपछि कांग्रेस एमालेले प्रक्रियामा जाने निर्णय गरेका हुन ।
तर प्रतिपक्षले कुनै पनि हालतमा प्रक्रियामा जान नदिने भन्दै बैठकमा आक्रामक रुपमा उत्रिएपछि, संविधानसभाको कार्यसूची प्रभावित हुँदै आएको छ ।
आइतबार जसरी पनि प्रस्तावलाई निर्णयमा लाने भएपछि संविधानसभाभित्र मर्यादापालक बढाइएको छ । संविधानसभाभित्र सत्तापक्ष र प्रतिपक्षबीच तनाव बढ्दै गएपछि मर्यादापालकको संख्या पनि बढाईएको छ ।
आज सभाध्यक्षले पढ्ने, विपक्षीले हान्ने
news and entertainment
