छविले रक्सी पिएर रेखालाई पिट्ने गर्थे

काठमाण्डौ, ७ वैशाख । ‘हिम्मतवाली’ नायिका रेखा थापा यतिखेर आफ्नो पुर्व श्रीमान् छवि ओझासँगको सम्बन्धलाई लिएर निकै तनावमा छिन् । छविले आमसंचार माध्यममा ‘रेखाले बच्चा जन्माउनै नमानेकाले सम्बन्ध विच्छेद भएको’ टिप्पणी गर्दै हिंडेपछि उनी तनाबमा आएकी रेखा निकट रहेका सुदर्शन गौतमले पुष्टि गरेका हुन् ।

सुदर्शनले रेखा थापा र छवि ओझाबिचको सम्बन्धबारेमा धेरै खुलासा गरेका छन् । रेखा र छविबीचको सम्बन्धबारे जानकार सुदर्शनले नेपालपाटीसँग वास्तविकता यसरी खुलाए ।

रेखालाई प्रयोग गरेर छवीले पैसा थुपारेका हुन् । रेखाले बच्चा पाइन भनेर हल्ला फिजाउनु छविको गलत नियत हो । मैंले बुझेसम्म त अहिले पनि रेखालाई पाउने आशमा छवि छट्पटाइरहेका छन् । खासमा सम्बन्ध बिच्छेदपछि रेखाबारे टिप्पणी गर्ने छविको औकात छैन ।

रेखालाई आरोप लागाइन्छ कि उनले छविसित धनको लागि विवाह गरेकी हुन् । तर, जतिबेला छवि र रेखाको विवाह भएको थियो, त्यतिवेला छविसँग धेरै सम्पत्ति नै थिएन । मलाई थाहा भएसम्म त्यतिवेला छवि नमस्ते नेपालको ट्यांकी मुनि जस्ता पाताले छाएको घरमा बस्दै आएका थिए । यसले पनि पुष्टि हुन्छ, उनीसँग त्यतिवेला छेलोखेलो हुनेगरी धन थिएन । त्यसैले छविको सम्पत्ति देखेर रेखाले बिहे गरिन् भन्ने आरोपमा तुक छैन ।

छविले रेखालाई घरबाट निकालेकै हो । रेखा बाहिर जतिसुकै चलेकी र व्यवसायीक नायिका भएपनि घरमा विशुद्ध एक धर्मपत्नी भएर बसेकी थिइन् । पत्याउन गाह्रो होला तर यथार्थ के हो भने विभिन्न वहानामा छविले रक्सी पिएर रेखालाई बारम्बार पिट्ने गर्थे । मानसिक तथा शारिरिक तनाव दिने गर्थे ।

फिल्मी क्षेत्रकी रानी बनेकी रेखा अहिले छविको पिँजडाबाट मुक्त भएको आभाष गरेकी छिन् । म यसलाई स्वभाविक रुपमा पनि लिन्छु । १२ वर्षको वैवाहिक जीवनमा रेखाले नै घरको सारा खर्च धानिन् । तर, अरोप के लाग्यो भने ‘बुढाको टन्न पैसा छ त्यसैमा रेखाले मोज गरेकी छ ।’

दिनैपिच्छे ‘डिभोर्स दे कि दे’ भनेर दबाब दिने पनि छवि नै हो । रेखालाई चलचित्र क्षेत्रमा छविले ल्याएकै हो तर १२ बर्षसम्म एकछत्र चलचित्र क्षेत्रमा रेखाले राज गर्नुमा छविको मात्र हात छ भन्नु तर्क संकत छैन । यहाँ टिक्न कला चाहिन्छ । रेखामा त्यो कला भएरै १२ वर्षसम्म राज गरेकी हुन् ।

रेखाको करियरलाई समाप्त पार्न ‘शिल्पा पोख्रेल’ लाई हिरोइन् बनाएकै हुन छविले । तर, आज रेखाले धेरै पछाडि पारेकी छिन् शिल्पालाई । रेखा र शिल्पालाई तुलना गर्नु मुर्खता शिवाय केही नहोला ।


बुझ्नै पर्ने एउटा कुरा के हो भने, रेखामा फिल्मको लागि हुनुपर्ने सबै गुण छ । उनलाई फिल्मी क्षेत्रमा टिकाएको पनि उनको ‘फिल्मी गुण’ ले नै हो । तर, कला र ढङ्ग नभएका शिल्पा जस्ता कति आउँछन् कति जान्छन्, त्यसले रेखा थापा जस्ता नायिकालाई केही फरक पार्दैन ।

रेखाकै कारण छवि ओझाको नाम चलेको हो, यसका विवाद छैन । रेखाको ‘काली’ र छविको ‘लोफर’ फिल्म केही समय अघि पछि रिलिज भएका थिए । काली हिट भयो, लोफर फ्लप । यसले पनि रेखाको लोकप्रियता छविभन्दा माथी छ भन्ने पुष्टि गर्छ ।

छविको अर्को चलचित्र ‘लज्जा’ रिलिजको संघारमा छ । उनले यो चलचित्र चलाउनकै लागि सबै नाटक गरेका हुन् । लोफर फिल्म ‘फ्लप’ भएपछि विचलित भएका छविले निर्देशक ऋषि लामिछानेको माध्यम बनाएर रेखालाई फिल्म ‘सुन्तली हवलदार’ मा अभिनय गराउन खोजेका थिए । तर, रेखाले मानिनन् । छविको फिल्म नखेल्ने उनको निर्णय सही नै हो भन्ने मलाई लाग्छ ।

छविसित रहँदा जोडेका सामानहरु रेखाले सबै फिर्ता गरेकी छिन् । आफ्नै नाममा रहेको कारसमेत छविलाई नै दिएकी छिन् । यथार्थ के हो भने काली फिल्म रिलिज भइरहँदा रेखाले हरेक सामानको जिम्मा नलाएको भए छवि सडकमा आउने थिए । यो कुरा मिडियाले बुझेनन् । बरु उल्टै गलत प्रचार गरे ।

छवि चलाख व्यापारी हुन् । उनले आफ्नो निजी जीवन सुरक्षित पार्न श्रीमतिको प्रयोग गरेका हुन् । छविमा मैले नैतिकता देखेको छैन किन भने आफ्नी श्रीमतिसँग डिर्वोस भएको २ वर्षपछि गलत हल्ला फैलाउने पुरुष नैतिकवान् हुनै सक्दैन ।

रेखा अहिले आत्मसमिक्षा गरिरहेकी छिन्, छविजस्तो विवेकहिन, निकृष्ट, घटिया मानिससँग कसरी जोडिए भनेर । खासमा छविले कुनै पति धर्मको कर्तव्य पुरा गरेका छैनन् ।

रेखाले दोस्रो विवाह गर्छिन्, यसमा सन्देह छैन । म समय पनि बताइदिन्छु, उनले सन् २०१५ भित्रै ग्रैहआवासिय नेपालीसँग विवाह गर्छिन् ।

रेखालाई थाहा छ कि अन्य नायिका जस्तै उनको पनि ओरालो लाग्ने दिनहरु आउँछन् । तर, त्यसका लागि उनले अहिले नै आफूलाई तयार राखेकी छिन् ।

रेखाले नेपाली फिल्ममा प्राप्त गरेको उचाइ अरु हिरोइनले प्राप्त गर्न मुस्किल नै छ । रेखामाथि फ्यानहरुको क्रेज राम्रो छ । उनको कलाकारिता मात्रै हेर्नु मुर्खता हुन्छ । एउटा हिरोइन समग्र चलचित्र क्षेत्रको ‘हिरो अफ दी इयर’ बन्न सक्छिन् भने उनलाई ‘परफेक्ट एक्टर’ मान्नैपर्छ । यस्तो कलाकारसँग छवि ओझाको तुलना सुहाउँदैन ।

,

news and entertainment