आशा भोसलेकी छोरीले आत्महत्या गरिन्
मुम्बई, आश्विन २२ - भारतीय गायिका आशा भोसलेकी छोरीले आत्महत्या गरेकी छन् ।
मुम्बईको पेडर रोडस्थित निजी निवासमा छोरी वर्षाले कन्चटमा गोली हानी आत्महत्या गरेकी हुन् । भारतीय न्यूज च्यानलका अनुसार आशा भने देशबाहिर छिन् । एक पुरस्कार समारोहमा भाग लिन उनी सिंगापुर रहेकाबेला छोरीले आत्महत्या गरेकी हुन् ।
kantipuronline.com

