माओबादि आक्रमणमा भारतमा कम्तिमा २० प्रहरी अधिकारिको मृत्यु

भारतको छत्तिस्गड राज्यमा मंगलबार माओबादिहरुले गरेको आक्रमणमा कम्तिमा २० जना प्रहरी अधिकारिको ज्यान गएको आसंका गरिएको छ । अनिश्चित स्रोतबाट प्राप्त जानकारी अनुसार २० जना प्रहरीहरुले आफ्नो ज्यान गुमाएको राज्य प्रहरी इन्स्पेक्टर अरुण देभ गौतमले बताएका छन् ।vbk-11-dantewada_1784559g

मंगलबार बिहान ४० जना प्रहरी अधिकारिहरुलाइ लक्ष्य गरि उक्त आक्रमण गरिएको बताइएको छ । गौतमले आक्रमणमा जमिनी बारूदहरुको प्रयोग नभएको बताएका छन् । तर आक्रमणमा कम्तिमा २०० बिद्रोही लडाकुहरु सहभागि भएको बताउछन । निर्माण कार्यमा संलग्न कामदारहरुलाइ सुरक्षा दिरहेका प्रहरी अधिकारिहरुलाइ ति आक्रमणकारीहरुले आफ्नो निशाना बनाएका छन् ।

दिल्लीमा एक प्रहरी सम्मेलनमा भारतका गृह मन्त्रि सुशील कुमार शिन्देले उक्त आक्रमण गर्ने बिद्रोहि समूहलाइ राष्ट्रिय स्थरमा नै ठुलो खतरा हुन सक्ने बताएका छन् ।

गत बर्ष मात्र यस्ता लुकीछिपी गरिएको आक्रमणहरुमा कम्तिमा ९७ जना सुरक्षा अधिकारिहरुको मृत्यु भैसकेको छ । अधिकारिहरुका अनुसार यस्ता समूह हातहतियारक मद्ददले शक्ति आफ्नो हातमा लिन प्रयास गरिरहेका छन् ।

स्रोत : एजेन्सी

,

news and entertainment