न्युयोर्कमा स्कुले बिद्यार्थी बोकेको बस पल्टिदा ९ जना घाइते
अमेरिकाको सबै भन्दा सहर न्युयोर्कमा मंगलबार एक स्कुले बिद्यार्थीहरु बोकेको बस पल्टिदा जना घाइते भएका छन् । ६ जना स्कुले बालबालिकाहरु बोकेको बस एउटा ट्याक्सी संग ठोक्किएर पल्टिन पुगेको हो ।
बसमा १० देखी १२ बर्षका ६ जना बालबालिकाहरु रहेका थिए । दुर्घटनामा सामान्य चोटपटक लागेका सबै जनालाई तत्काल अस्पताल पुराइएको थियो । दुर्घटनामा घाइते हुनेमा बालबालिकाहरु बाहेक बसका परिचालक र ड्राइभर रहेका छन् ।
स्रोत : एजेन्सी
