हतियारधारी विद्यार्थी शिकार खेल्न गएको बारेमा पनि अनुसन्धान भइरहेको छ

काठमाडौं। काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले गत बुधबार राति हतियारसहित पक्राउ परेका शंकरदेव क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति तथा नेविसंघका नेता शुभराम बस्नेत, संघका पूर्वसहामन्त्री सचित शर्मा तथा कार्यकर्ताहरू जोन खड्का, राजेशविक्रम शाही र लीलाबहादुर खड्काको अनुसन्धानमा अझै एक डेढ हप्ता लाग्न सक्ने बताउनुभएको छ। हाम्राकुरा डटकमसँग कुरा गर्दै खरेलले उनीहरुले बोकेको गैरकानुनी हतियारको मुद्धामा अनुसन्धान भइरहेको बताउनुभयो। पक्राउ परेका व्यक्तिहरुको साथबाट प्राप्त तीन हतियार मध्ये दुईको मात्र लाइसेन्स भएकव र एकको लाइसेन्स रिन्यु नभएको अवस्थामा फेला परेको थियो।

Ramesh-kharel-1बुधवार राती तीनबजे प्रहरीले गरेको आकस्मिक चेकजाँचको क्रममा अभियुक्तहरु नियन्त्रणमा आएको जनाउँदै उहाँले पक्राउ परेकाहरु सीतापाइला भिमढुङगा हुँदै धार्दिङ जाने इलाकाबाट राती आएको देखिएको बताउनुभयो। राती हतियार सहित नियन्त्रणमा आएका उनीहरु शिकार खेलेर आएको हुनसक्ने विषयमा समेत प्रहरीले अनुसन्धान गरेपनि प्रारम्भिक रुपमा भने त्यस्तो प्रमाण फेला नपरेको बताउनुभयो। यदि प्रमाण फेला परे हतियारको मुद्धामा अवैध शिकारको मुद्धा पनि थपेर मुद्धा चलाउन सकिने खरेलले बताउनुभयो। त्यस्तो प्रमाण फेला परे मुद्धा बनमा पनि जान सक्छ खरेलले सुनाउनुभयो। केहि समय यता काठमाडौं नुवाकोट र धार्दिङको सीमा क्षेत्रमा अवैध शिकारमा जाने क्रम बढेको अनुसन्धानबाट देखिएको पनि खरेलले बताउनुभयो।

लाइसेन्स भएपनि रिन्यु नभएको हतियारको हकमा जिल्ला प्रसासन कार्यालयबाट धरौटीमा छुट्न सक्ने अवस्था देखिएको छ। तर प्रहरीले बुझाउने अनुसन्धान रिपोर्टको आधारमा मात्र जिल्ला प्रशासन कार्यालयले निर्णय दिने छ। गैरकानुनी रुपमा हतियार लिएर हिंडेको हकमा त्यस्ता हतियार फिर्ता नगर्ने गरि नियन्त्रणमा राख्न सकिने निर्णय पनि हुन सक्ने बुझिएको छ।
Ramesh-kharel-1
यसअघी सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका नेपाल विद्यार्थी संघका ३ सहित ५ जनालाई थुनामै राखी अनुसन्धान गर्ने बाटो खुला गरिदिएको थियो। गत बुधबार राति हतियारसहित पक्राउ परेका शंकरदेव क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति तथा नेविसंघका नेता शुभराम बस्नेत, संघका पूर्वसहामन्त्री सचित शर्मा तथा कार्यकर्ताहरू जोन खड्का, राजेशविक्रम शाही र लीलाबहादुर खड्कालाई गैरकानुनी रुपमा थुनामा राखेको दावी गर्दै शुभरामका भाइ बलराम बस्नेतले गत २१ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए।

रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीद्वय सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले कानुन बमोजिम जिल्ला प्रशासन कार्यलयद्वारा म्याद थप भई अनुसन्धान भइरहेको अवस्थामा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन आकर्षित नहुने ठहर गर्दै रिट खारेज गरिदिएको छ। रिट खारेज भएपछि प्रमुख जिल्ला अधिकारीले थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई दिएको आदेश सदर भएको हो।

स्वयम्भू प्रहरी वृत्तले सीतापाइलाबाट हतियारसहित पक्राउ गरेका उनीहरुलाई प्रहरीले हतियारको इजाजत नवीकरण नभएको तथा रातिको समयमा समूहमा हतियार बोकेर हिँडेको विषयमा अनुसन्धान गरिरहेको छ।

www.hamrakura.com

,

news and entertainment