ओसामाको निजी जीवन यस्तो थियो
अल कायदाका तत्कालीन नेता ओसामा विन लादेन १० मे १९५७ मा जन्मिएका थिए । मुस्लिम आतंकवादी संगठन मानिने अलकायदाका तत्कालीन प्रमुखको मृत्यु २ मे २०११ मा अमेरिकी कमान्डो नेभी सिलको कारबाहीमा पाकिस्तानको एबटावादमा भएको थियो । ओसामाको मृत्युपछि उनीसँग जोडिएका कैयौँ कुरा रहस्यमै छन् । जसको वेलावेला चर्चा भइरहन्छ ।
ओसामा विन लादेनका श्रीमतीबीच झगडा भइरहन्थ्यो । त्यसको कारण हुन्थे उनी । खासगरी उनकी एक श्रीमती खैरिया र कान्छी श्रीमती अमालबीच झगडा भइरहन्थ्यो । यो कुराको खुलासा खैरियाले गरेकी थिइन् । खैरियाका अनुसार अमाल लादेनसँग २४सै घन्टा यौनसम्पर्क राख्ने इच्छा गर्थिन् । जसले गर्दा खैरियाले लादेनसँग समय बिताउने अवसर कमै पाउँथिन् । यो विषयमा उनीहरूबीच झगडा परिहरन्थ्यो । त्यसो त उनका श्रीमतीहरू पतिको यौनजीवनलाई लिएर निकै चिन्तित पनि थिए । त्यसैले उनलाई दैनिक तरबुजा खुवाइन्थ्यो ।
ओसामा विन लादेनका श्रीमतीबीच झगडा भइरहन्थ्यो । त्यसको कारण हुन्थे उनी । खासगरी उनकी एक श्रीमती खैरिया र कान्छी श्रीमती अमालबीच झगडा भइरहन्थ्यो । यो कुराको खुलासा खैरियाले गरेकी थिइन् । खैरियाका अनुसार अमाल लादेनसँग २४सै घन्टा यौनसम्पर्क राख्ने इच्छा गर्थिन् । जसले गर्दा खैरियाले लादेनसँग समय बिताउने अवसर कमै पाउँथिन् । यो विषयमा उनीहरूबीच झगडा परिहरन्थ्यो । त्यसो त उनका श्रीमतीहरू पतिको यौनजीवनलाई लिएर निकै चिन्तित पनि थिए । त्यसैले उनलाई दैनिक तरबुजा खुवाइन्थ्यो ।
लादेनकी कान्छी श्रीमती आफ्ना पाँच बच्चाका साथ बेलायतमा ढुक्कसँग जीवन बिताउन चाहन्थिन् । यो कुरा विभिन्न सञ्चारमाध्यममा सार्वजनिक पनि भएको थियो । तर, उनको त्यो इच्छा पूरा हुन सकेन । बरु अमेरिकी कमान्डोको कारबाहीको क्रममा उनको गोडामा गोली लाग्यो ।
लादेनका पाँच श्रीमतीमध्ये जेठी हुन् नजवा । उनी जेठी पत्नीलाई सबैभन्दा बढी मन पराउँथे । त्यसको कारण थियो– नजवा नै त्यस्ती श्रीमती थिइन्, जसलाई उनले विवाहपहिले नै चिन्थे । उनीहरू एक–अर्कालाई प्रेम गर्थे । उनीहरूबीच प्रेम हुँदा लादेन १७ र नजवा १५ वर्षका थिए । उनले आफ्नी दोस्री श्रीमतीलाई त विवाहको क्रममा मात्रै भेटेका थिए । अन्य श्रीमतीसँग पनि उनको विवाहअघि त्यति धेरै जानपहिचान थिएन ।
उनको घरेलु जीवनबारे एउटा किताबले धेरै कुरा सार्वजनिक गरेको छ । ‘ग्रोइङ अप विन लादेन : ओसामाज वाइफ एन्ड सन टेक अस इनसाइड देयर सेक्रेट वल्र्ड’ नामको उक्त किताबमा उनका धेरै निजी कुरा उल्लेख छन् । किताबमा नजवा र ओसामाको प्रेमप्रसंगबारे उल्लेख छ । नजवाकी आमा ओसामा र नजवाबीच विवाह होस् भन्ने चाहन्नथिन् । खासमा उनी त्यो विवाहको विरोधी नै थिइन् । किनकि उनी चाहन्नथिन् कि नजवा विवाहपछि सिरिया छोडेर साउदी अरब जाऊन् ।
पुस्तकका अनुसार नजवालाई उनी प्रेम त गर्थे । तर, त्यसको अर्थ उनी स्वतन्त्र थिइन् भन्ने होइन । उनको जीवन नर्कजस्तै थियो । नजवालाई एक बच्चापछि अर्को बच्चा पाउन बाध्य बनाइन्थ्यो । त्यस्तै, ओसामाले बिजुली, ग्यास स्टोभजस्ता कुराको प्रयोगमा रोक लगाएका थिए । अफगानिस्तानमा उनको जीवनमा अझ मुस्किल परेको थियो ।
विवाहभन्दा पहिले नजवा चित्र बनाउँथिन् । उनको घोडसवारी, टेनिस र साइक्लिङमा निकै रुचि थियो । तर, ओसामाकी पत्नी बनिसकेपछि उनले ती सबै कुराको बलिदान गर्नुपर्यो ।
अर्को पुस्तक ‘नो इजी डे : द फस्र्ट हयान्ड एकाउन्ट अफ द मिसन दयाट किल्ड ओसामा विन लादेन’ किताबमा ओसामाबारे अझ धेरै कुरा खुलासा गरिएको छ । किताबका अनुसार पाकिस्तानको एबटावादमा गत वर्ष नेभी सिलको कारबाहीमा परेका लादेनको शव चिनिएको थिएन । त्यहाँ उपस्थित अलकायदा समूहमा संलग्न व्यक्तिका श्रीमतीले पनि उनको शव पहिचान गर्न सकिरहेका थिएनन् । त्यसैवेला त्यहाँ रहेकी एक महिलाले अमेरिकी सैनिकलाई शव चिनाएकी थिइन् ।
लादेनको हत्यामा उनकी जेठी श्रीमतीले दिएको धोका नै कारण बनेको कुरा पनि चर्चामा आएको थियो । पाकिस्तानी सेनाका ब्रिगेडियर सौकत कदिरले यो कुराको खुलासा गरेका थिए । सौकतका अनुसार लादेनकी जेठी श्रीमती लादेनसँग बस्न चाहन्थिन् । तर, त्यो हुन नसकेपछि उनले कुनै पनि प्रकारले अल कायदालाई नै निसाना बनाउने योजनामा थिइन् ।
उनी मारिने वेलामा एबटावादमै बसेर ओसामाकी कान्छी श्रीमती उनको स्वास्थ्यको हेरचाहमा जुटेकी थिइन् । पाकिस्तानी जाँच अधिकारीका अनुसार लादेनको यौनजीवन अझ राम्रो होस् भनेर नियमित तरबुजा खुवाउने जिम्मेवारी पनि उनैले लिएकी थिइन् । एबटावादमा छानबिनको क्रममा ओसामाको घरबाट यौनक्षमता बढाउने औषधि पनि पाइएको थियो ।
एजेन्सी
एजेन्सी
