सिएनएनकी नेपाली पत्रकार सुम्निमा एसियाकै 'जर्नलिस्ट अफ द इयर
अमेरिकी टिभी च्यानल सिएनएनमा काम गर्ने नेपाली पत्रकार सुम्निना उदास ‘जनर्लिस्ट अफ दि इयर’ भएकी छन्।
उमन इम्पावरमेन्ट जर्नलिजम अवार्डअन्तर्गत सिंगापुरमा आयोजित एक समारोहमा उदास पुरस्कृत भएकी हुन्। सिएनएन नयाँ दिल्ली संवाददाताका रुपमा दिल्लीको सामूहिक बलात्कार काण्ड, एसिड आक्रमणका पीडितको वेदनालगायतका विषय उठाएवापत उनलाई पुरस्कृत गरिएको हो। महिलाका विषयमा उत्कृष्ट रिर्पोटिङ गरेवापत उदासले यो सम्मान पाएको सिएनएनले लेखेको छ।
एसिया प्यासिफिक क्षेत्र अन्तर्गत अष्ट्रेलिया, कम्बोडिया, चाइना, भारत, इन्डोनेसिया, कोरिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, थाइल्यान्ड र भियतनामबाट परेका इन्ट्रीमध्ये उदास उत्कृष्ट ठहरिएकी हुन्। दिल्ली बलात्कार काण्डबारे उदासको एक वर्ष लामो रिपोर्टिङ ‘निर्भयः द फियरलेस वन’ शीर्षकको डकुमेन्ट्रीमा समेटिएको छ।
