बाबुराम भट्टराईले त्रिभुवन विश्वविद्यालयमा पढाउने !
२८ फागुन, काठमाडौं । एमाओवादी पार्टी भित्र पक्ष र विपक्षको रुपमा जस्ता सुकै बहस गर्माएको किन नहोस्, पार्टी बाहिर चाहि एक जना नेतालाई अबसरको धुइरो लागेको छ।
पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई त्रिभुवन विश्वविद्यालयले प्राध्यापनको लागि लिखित प्रस्ताब पठाएको छ। बुद्धनगरमा भर्खरै स्थापित अन्तराष्ट्रिय सम्बन्ध पढाइने कलेजका निम्ति समय दिन त्रिवि ले निम्तो दिएको हो।
बाबुराम आफैले त्रिविमा व्यवस्थापन होइन, विकास, योजना, राजनीति र अर्थशास्त्र मध्ये कुनै विषय पाएमा पढाउन तयार रहेको आशय व्यक्त गरेको जनआस्था साप्ताहिकले लेखेको छ।
बाबुरामले मंगलवार पनि राजधानीको एक कलेजका विधार्थीहरुलाई 'नेतृत्वको प्रश्नबारे' प्रवचन दिएका थिए।
