युट्युवमा तहल्का मचाउदै “फष्ट किस” (भिडियोसहित)

मानब जीवनमा कहिल्यै नभेटेका र नदेखेका मानिससँग बोल्दा स्वभाबिक रुपमा जो-कोहिलाइ असजिलो पक्कै पनि हुन्छ | तर केही सेकेण्डको समयभित्र नजिक भएर टङ किसमा लिप्त हुनु कति सजिलो हुन्छ ? पक्कै पनि यो कुरा अविस्वस्नीय छ |
kiss
हालै एक बयस्क फिल्म मेकरले यस्तै अन्जान २० जोडीलाई केही सेकेण्डको समय दिएर टङ किस गर्न लगाएका छन् । जुन भिडियो इन्टरनेटमा भाइरल बनेको छ । फिल्म मेकर तातिया पेलिभाले बनाएको छोटो फिल्म फष्ट किसमा मात्र किस सिन छैन, किस गर्नुअघि जोडीहरु कसरी नजिक हुने र एकअर्कालाई चिन्ने कोसिस गरे भन्ने पनि देखाइएको छ ।

उनीहरुले एकअर्काको नाम र रुची सोध्दै नजिक हुन खोजेको देखिन्छ । कतिपयलाई केही सेकेण्डको चिनजानमै किसमा प्रवेश गर्न असहज मानिरहेका थिए । तर, किस गरेपछि सवैजसोले निकै रोमाञ्चक भएको प्रतिक्रिया दिए ।

सोमबार युट्युवमा पोष्ट गरिएको यो भिडियो दुई दिनमै २ करोड १६ लाख भन्दा बढिले हेरिसकेका छन् । झण्डै १ लाख ३४ हजार लाइक गर्दै १५ हजार बढिले यो फिल्मप्रति आफ्नो प्रतिक्रिया दिएका छन् ।
भिडियो हेर्न तलको बक्स थिच्नुहोस 

,

news and entertainment