स्कर्ट लगाएर हिड्नेलाई खतरा मुनिको फोटो खिच्न पाइने

जमाना कहाँबाट कहाँ पुगिसक्यो, बुढापाकाले भनेको कुरा अब साच्चै नै सही साबित हुदैछ। एकातिर विश्व नै महिलाको सुरक्षाको कुरा गरिरहेको छ भने अर्को तर्फ कोर्टको यस्तो आदेश ।

कोर्टको यो अर्डरले सबैलाई हैरानमा पारेको छ। यस्तो खबर पढेर तपाईको होश नै उड्न पनि सक्छ। तर यस्तो फैसला एक जजले गरेका हुन। कानूनको यस्तो व्याख्या पहिला सायदै भएको थियो। यस्तो फैसला स्कर्ट लगाउने महिलाहरुको लागि हो। स्कर्ट लगाउने महिलाहरुले अब बचेर हिड्नु पर्ने भएको छ।skirt

 किनकि कोर्टका अनुसार अब कानूनले यस्तो मंजुरी दिएको छ जसले महिलाहरुलाई धेरै नै अप्ठ्यारो पर्नेछ। अमेरिकाको म्यासाच्युसेट राज्यको एक शिर्ष अदालतले दिएको आदेश अनुसार अब 'अपस्कर्टिंग' (गोपनीय तरिकाले महिलाको स्कर्ट भित्रबाट फोटो खिच्नु) कानूनी रुपमा रोकतोक हुनेछैन। हाईकोर्टका अनुसार पुरै नाङ्गो वा आशिंक रुपमा न्यूड हुनेको लागि भने यो कानूनले छुने छैन।

 गत बुधबार भएको फैसलामा जो व्यक्तिलाई दोषमुक्त भनिएको थियो, उसलाई म्यासाच्यसेट मा ट्रान्सपोर्टेशन अथोरिटी ट्रली मा अनधिकृत रुपमा फोटो लिएको आरोप लागेको थियो। माइकल रोबर्टसनको यो मामिलामा दिसेम्बर २०११ मा केश बनेको थियो।

 उनले म्यासाच्युसेट सुप्रीम ज्युडिसियल कोर्टमा यसको बारेमा अपिल गरेका थिए। अदालतले कानूनी भाषामा विशेष रुपले नियाली यस्तो व्यक्तिको गोपनीय फोटो लिने व्यक्तिलाई रोक लगाउछ जसले आशिंक नग्न फोटो लिने गर्छ। यो कानूनको फैसलापछि तरुन्त नै सामाजिक संजाल मार्फत आलोचना शुरु भएको छ। एक महिलाले लेखेकी छन, "सबै हमला शारीरिक हुदैन, अपस्कर्टिङ एक उल्लंघन हो तर अदालतले यसबारेमा सपोर्ट गरेको छ।"

, , ,

news and entertainment