आठ बर्षको भयो ट्विटर; पढनुहोस के थियो संसारको पहिलो ट्विट

एजेन्सी। आज भन्दा आठ बर्ष पहिले २१ मार्च २००६ मा ट्विरका सह संस्थापक जेक डोरसेले ससारमा पहिलो टुविट गरेका थिए, ‘अहिले म ट्विटर सेट गरिरहेको छु।’ ट्विटरको प्रारम्भ १४० अक्षरबाट भएको थियो। ८ बर्ष पछि जेक डोरसेले लेखे ट्विटर तपाईको जीवनमा आएको आज आठ बर्ष पुरा भइसकेको छ।
आफ्नो ८औं जन्मदिनमा ट्विटरले एक फिचर सार्वजनिक गरेको छ। जसको कारण तपाई आफ्नो वा कसैको पनि पहिलो ट्विट देख्न सक्नुहुनेछ। ट्विटरले यसलाई ‘फस्ट ट्विट’ नाम दिएको छ। फस्ट टुविटर डट कम वेबसाइटमा दिएको बक्समा गएर कसैको पनि यूजर नेम लेखेर तुरुन्तै तपाईले कुनै पनि व्यक्तिको पहिलो ट्विट हेर्न पाउनुहुनेछ। आउनुहोस हेरै संसारको पहिलो ट्विट के थियो र कसले गरेको थियो ।
ट्विटरका सह संस्थापक
ज्याक डोरसे : अहिले म ट्विटर सेट गरिरहेको छु।
स्पेसवाट आयो पहिलो टुविट
टीजे क्रीमर : हेलो ट्विटरर्स! अब हामी इन्टरनेशनल स्पेस स्टेशनबाट प्रत्यक्ष ट्विटर गरिरहेका छौ। स्पेसमा पहिलो प्रत्यक्ष ट्विट !
पहलो प्रेग्रेन्न्सी ट्विट
सराह : गर्भवती छु
जागीरबाट निकलिए पछिको पहिलो ट्विट
सेम सेठी : लोइकको टिप्पणीलाई नहटाउनुको कारणबाट मलाई अफिसबाट निकालियो। म जागिरको खोजीमा छु।
बराक ओबामाको पहिलो ट्विट:
यसलाई राष्ट्रपति ओबामाले आफै पोस्ट भने गरेका थिएन्न। यसलाई अमेरिकि रेडक्रस वाट पोस्ट गरिएको थियो। अमेरिकि रेडक्रस : राष्ट्रपति ओबामा र पहिलो महिलाले विपत्ति परिचालन केन्द्रको निरिक्षण गरे।

,

news and entertainment