पहिलो पटक नोवेल पुरस्कारको लागि नेपालीको मनोनयन

११ चैत्र, काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यक (तेस्रोलिङ्गी) मनोज शाही (मोनिका) ले सगरमाथा आरोहण गर्ने घोषणा गरेको छ । नील हिरा समाजले मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा समाजकी सदस्य समेत रहेकी मोनिकाले २०१४ भित्रै सगरमाथा आरोहण गर्ने घोषणा गरेकी हुन ।

मोनिकाले विश्वमै पहिलो पटक तेस्रोलिङ्गी सगरमाथा आरोहण गर्नु नील हिरा समाजको मात्रै नभएर नेपाल र नेपालीका लागि गौरबको कुरा भएको भन्दै सगरमाथा आरोहण गर्दा लाग्ने आरोहण शुल्क मिनाह गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग माग गरिन ।
sunil-babu-pant
नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले क्रिकेट खेलले नेपाललाई विश्वमा चिनाए जस्तै तेस्रोलिङ्गीको तर्फबाट पहिलो पटक सगरमाथ चढेर मोनिकाले नेपाल र नेपालीलाई थप चिनाउने दावी गरिन । उनले भनिन–ट्वान्टी ट्वान्टी क्रिकेटमा पारस खड्काहरुले उत्कृष्ट प्रर्दशन गरेर नेपाल र नेपालीको गौरब बढाउनु भयो । अब समाजले अपहेलना गरे पनि हामी यौनिक अल्संख्यकहरु सगरमाथा चढेर देशको नाम विश्वमा फैलाउने छौ ।

त्यस्तै पत्रकार सम्मेलनमा नील हिरा समाजका संस्थापक अध्यक्ष तथा यौनिक तथा लैंगिक अल्पसंख्यक (तेस्रोलिङ्गी) का अभियन्ता पूर्व सभासद सुनिलबाबु पन्तको नाम नोवेल शान्ति पुरस्कारमा मनोनित भएको जानकारी दिईएको थियो । पुरस्कारको लागि विश्वभरीबाट मनोनित २ सय ७८ जना मध्ये नेपालबाट पन्तको नाम नर्वेका सांसदले सिफारिस गरेका हुन । पुरस्कार आउँदो अक्टोबरमा घोषणा हुने छ ।

समाजकी अध्यक्ष गुरुङले नेपालीको नाम विश्वको प्रख्यात नोवेल पुरस्कारको लागि मनोनयनमा पर्नु सम्पूर्ण नेपालीको लागि गर्वको विषय भएको बताईन ।

,

news and entertainment