लोक गायिका मञ्जु महत दुर्घटनामा

 काठमाण्डौ । चर्चित लोक तथा दोहोरी गायिका मञ्जु महत सवारी दुर्घटनामा परि गम्भीर घाइते भएकी छिन् ।
बिहीबार काठमाण्डौको गल्कोपाखामा उनी सवार स्कुटरलाई दुईवटा माइक्रोबसले ठक्कर दिएका थिए । बा १ ज ९२१३ नम्बरको manjuमाइक्रोबस र अर्को अर्को अल्फावेट खुल्न नसकेको हाइस ब्राण्डको माइक्रोले उनलाई बिचमा थिचेका थिए ।
दुर्घटनाबाट उनको खुट्टामा गम्भीर चोट लागेको छ । तत्कालै उनलाई मनमोहन मेमोरियल अस्पताल लगिएको भएपनि त्यहाँ उपचार हुन नसक्ने बताएपछि उनलाई शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकहरुले ग्राण्डी अस्पतालमा रिफर गरेका थिए ।
गायिका महतको हाल ग्राण्डीमै उपचार भइरहेको छ । उनको स्कुटरलाई ठक्कर दिने एउटा माइक्रो प्रहरी नियन्त्रणमा छ ।
उनले पशुपति शर्मासँग मिलेर गाएको ‘स्रोह दुना आठ’ बोलको गीत अहिले निकै चर्चित छ ।


,

news and entertainment