फिल्मी क्षेत्रमा सफल तर शिक्षाको क्षेत्रमा असफल बलिउडका ५ अभिनित्रीहरु

बलिउडमा राम्रै शिक्षा दीक्षा हासिल गरेका र नगरेका कलाकारहरु उत्तिनै छन् । सिनेमाको पर्दामा जति नै सफलता हासिल गर्न सफल भएता पनि बलिउडका केहि कलाकारहरुले शिक्षाको क्षेत्रमा भने त्यस्तो सफलता हासिल गर्न सकेका छैनन् ।

बलिउडका यिनै फिलिमी क्षेत्रमा सफल तर शिक्षा दीक्षाको क्षेत्रमा असफल ५ अभिनेत्रीहरु जसले स्नातक पास गर्न सकेका छैनन । तिनै अभिनेत्रीहरुको सुची यस प्रकार छ ।

१. करिना कपुर
२० बर्षको उमेरमा बलिउडमा पाइला राखेकी करिना यस दशककै सबैभन्दा बढी पारिश्रमिक लिने नायिका हरु मध्यकि एक हुन् । २ बर्ष मिथिबाई कलेजमा व्यबस्थापन अध्यन गरेकी करिनाले पछि सकारी न्याय पदने कलेजमा आफुलाई भर्ना गरिन तर भर्ना भएको एक बर्षमा नै बलिउड प्रवेश गर्न कलेज छोडिन ।kareena-kapoor-images-big
२. एस्वर्या राइ बच्चन
कलेज पढ्दाको समयमा सामान्य बिद्यार्थी रहेको एस्वर्या पनि स्नातक पास गरेकी छैनन् । हिन्द कलेज प्रवेश गरेको एक बर्ष नबित्दै architecture पढ्न अर्को कलेज फेरेकी एस्वर्याले पनि थुप्रै उच्च मोड्लिंगको प्रस्ताब आए पछि पढाइलाइ बीचमा नै छोडेकी थिइन ।aishwarya-rai-fabulous-life_600x450
३. दिपिका पादुकोण
फिल्म ” ये जवानी हे दिवानी ” मा एकदम पढ्ने बिद्यार्थीको भूमिकामा देखिएकी दिपिकाले पनि स्नातक पास गरेकी छैनन् । बैंगलोरमा पढाई पुरा गर्न माउन्ट कार्मेल कलेजमा दाखिल गरे पनि दिपिकाले बलिउडकै लागि आफ्नो पढाइलाइ धित मारिन ।bollywood-deepika-padukone
४. प्रियंका चोपडा
अमेरिका तथा भारतका विभिन्न ठाउबाट आफ्नो स्कुल पुरा गरेकी प्रियंकाले पनि स्नातक पुरा गर्न सकेकी छैनन् । मनोविज्ञान पढ्ने मनसायले हिन्द कलेजमा भर्ना भएकी प्रियंकाले पनि आफ्नो मोड्लिंग तथा अन्य कार्यहरुका लाही पढाइलाइ बीचमा नै छोडिन ।PRIYANKA-AFP-B
५. करिश्मा कपुर
आफ्नो नब्बे दशको समयकि सबै भन्दा चर्चित नायिका करिश्माले पनि स्नातक पुरा गर्न भने सकिनन् । ६ कक्षामा पढ्दा नै स्कुल छोडेकी करिश्मा १६ बर्षको उमेरमा प्रेम कि कैदी नामक फिल्मबाट बलिउडमा प्रवेश गरेकी हुन् ।Karishma-Kapoor-020513130502164455स्रोत : एजेन्सी

, ,

news and entertainment