भाइले अर्को जातको केटी भगाउदा दिदिको सामुहिक बलात्कार गरि नाङ्गै छोडियो
पाकिस्तानमा भाइले अरुनै कुनै अर्को जातको युवतीलाइ भगाएर विवाह गरेको भन्दै बदलामा युवकको दिदीलाई अपहरण गरि जबर्जस्ति विवाह गरि , सामुहिक बालत्काररि नाङ्गै छोडिएको छ ।
२२ बर्षिया सानुल्लाले चिनिओत जिल्लामा रहेको आफ्नै गाउको मल्लाह थर गरेकी युवतीलाइ विवाह गरि भगाएको भन्दै बदला स्वरुप सानुल्लाकि दिदि माथि त्यस्तो जनावर जस्तो कुकर्म गरिएको हो । पाकिस्तानको संचार माध्यमले मंगलबार दिएको जानकारी अनुसार भागेर गएकी युवतीको परिवारले गाउमा सभा बोलाएर सानुल्लाको दिदीले त्यस भागेकी युवतीकि दाजु /भाइ जाहिद अलिसंग विवाह गर्नु पर्ने निर्णय सुनाएको थियो ।
विवाह गरेको ५ दिन मै फेरी सनुल्लाको दिदिलाइ जाहिदले पठाएको मानिसले घरबाटै अपहरण गरि लगेर विवाह गरे । सम्बन्ध बिच्छेद गर्नको निम्ति गरिएको यस घटना पश्चात पुन जाहिदले सनुल्लाकि दिदिको विवाह आफ्नो भाइ पर्ने नुर अहमद संग जबर्जस्ती गराइदिए ।
त्यसको केहि दिन पछि जाहिदको परिवारले मिलेर सनुल्लाको दिदिको सामुहिक बलात्कार गरे । र उनलाई यातना दिन सुरु गरे । त्यस पछि उनलाई जगलको एउटा रुखमा नाङ्गै बाधेर सनुल्लाको परिवारलाइ छोरी फिर्ता लिन आउन खबर गरेका थिए । सनुल्लाको परिवारले सनुल्लाको दिदिलाइ एक महिनाको अपहरण , सारिरीक तथा मानसिक यातना पश्चात घर फिर्ता ल्याए ।
त्यस पछि त्यस पिडित परिवारले लालियन सहरका निजामती कर्मचारीलाइ सहयोगको याचना गरेका थिए । जसले त्यस युवतीको सारीरिक जांच तथा एक प्रहरी केसको दर्ताको आदेश दिएका थिए । प्रहरीहरुले अपराधको शिकार भएकी त्यस युवतीलाइ गाउको पंचायतले भाइले अरु जातको केटि भगाएको अभियोगमा जाहिद संग विवाह गर्न लगाएको जानकारी दिएकी थियो ।
स्रोत : एजेन्सी