माधब नेपालले भने बोल्न सम्म नजान्ने प्रधानमन्त्रीको के बिकासको आस !


९ चैत,काठमाडौं ।नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीले एक नेता एक पदको नीति लिनुपर्ने बताएका छन् । हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा बोल्दै नेता नेपालले एक पद एक व्यक्तिको नीतिमा पार्टी जानेभए आफु जस्तोसुकै त्याग गर्न तयार रहेको बताए ।

सरकारको कार्यशैलीप्रति उहांले असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री कोइरालालाई के बोल्ने र के गर्ने भन्ने थाहा नै नभएको नेता नेपालको आरोप छ ।

उनले राम्रोसंग बोल्नसमेत नसक्ने प्रधानमन्त्रीबाट धेरै अपेक्षा गर्न नसकिने बताए । टनकपुरका सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उनको असली रुपलाई एक्सपोज गरेको नेता नेपालले आरोप लगाए ।
madhav kumar nepal
उनले ०३६ साल पछिको दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफुले प्रस्ताव गर्ने बताए । पहिलो पुस्ताका नेताहरु सल्लाहकार टिममा बस्न तयार हुनुपर्ने उनको भनाइ छ ।

नेता नेपालले आफुलाई चुनौति दिइएकाले अध्यक्षको प्रत्यासी हुन लागेको दाबी गरे । चुनौतिको सामाना गर्न आफु तयार रहेको र पार्टीलाई डनतन्त्रबाट मुक्त गर्न आफुले संर्घष थालेको जनाउनुभयो ।

'डनतन्त्र' भनेर नेपालले संसदीय दलका नेता केपी ओलीतर्फ लक्षित गर्ने खोजेको अनुमान छ ।
महाधिवेशनसम्ममा पार्टीभित्रको समीकरण फेरिने उहांको दावी छ । कार्यक्रम आज राति ९:३० बजे प्रशारण हुने छ। 

,

news and entertainment