रमेस खरेलले आर्मीका क्याप्टेनलाइ समेत येसरी कानुनको घेरामा ल्याए

काठमाडौ, चैत्र १२ - नेपाली सेनाका सहसेनानी (क्याप्टेन) ले ऋण तिर्नुपर्ने महिलाको उल्टै चरित्र हत्याको प्रयास गरेको खुलासा भएको छ । नेपालगञ्जको ४ नम्बर गणमा दरबन्दी र ब्याच नम्बर ५०७ ड का क्याप्टेन रेवन्त केसीले ईचंगुनारायणकी गीता कार्कीको चरित्र हत्या प्रयास गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । केसीले कार्कीलाई धम्क्याएको भन्दै उनीमाथि कारबाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाली सेनालाई पत्राचार गरेको छ ।Army
सैनिक प्रवक्ता सहायक रथि जगदिशचन्द्र पोख्रेलले केसीका बिरुद्ध उजुरी परेको पुष्टि गर्दै थप अनुसन्धान प्रक्रिया अघि बढाएको बताए । 'पीडित महिलाले थप प्रमाण ल्याउँछु भनेपछि सबै प्रमाणलाई एकमुष्ट राखेर अनुसन्धान गर्ने तयारी भइरहेको छ,' उनले भने 'आरोपित केसीलाई काठमाडौं झिकाएर वा सम्बन्धित कार्यालयमा पत्राचार गरेर कारबाही गरिने छ ।'
३ वर्षअघि जग्गा प्लटिङ गर्ने भन्दै क्याप्टेन केसी र पत्नी विष्णु ठकुरीले कार्कीलगायत आधा दर्जन महिलाबाट झण्डै ५ करोड रुपैंया लिएका थिए । २०६८ चैतमा लगेको रकम लामो समय बित्दा समेत नदिएपछि पीडित महिलाहरुले प्रहरी र नेपाली सेनामा उजुरी दिएका थिए । उनीहरुले २०६९ चैत १४ गते सेनाको कानुन विभागमा उजुरी दिएका थिए । उजुरीको भोलिपल्टैदेखि कार्कीलाई दुई दर्जन भन्दा बढी नम्बरबाट फोन गरी अश्लील गाली गरिएको थियो । 'दुबईबाट समेत फोन गरेर यौनजन्य गतिविधिका कुरा गर्थे,' उनले सुनाइन् 'म त पागलजस्तो भइसकेकी थिएँ ।'
बीमा कम्पनीमा काम गर्ने उनको मोबाइल नम्बर अश्लील गतिविधिका लागि सम्पर्क गर्न भन्दै जोरपाटीस्थित नेपाल मेडिकल कलेजका भित्तामा लेखिएका थिए । धेरै त्यस्ता फोन आएपछि उनले महानगरीय प्रहरी बृत बौद्धमा उजुरी दिएकी थिइन् । प्रहरीले त्यसरी फोन गर्ने ब्यक्तिलाई पक्राउ गरेर ल्याउदा कलेजको भित्तामा नम्बर देखेको बयान दिएका थिए ।  
अश्लील शब्द प्रयोग गरेर फोन आउन नछाडेपछि उनले काठमाडौं प्रहरीमा उजुरी दिइन् । काठमाडौं प्रहरीले सेनासँग जोडिएको भन्दै सेनामै गएर उजुरी दिन सुझायो । सेनामा जादाँ सुरुमा उजुरी दर्ता नै गर्न मानेनन् । उनी आजित भएर अन्तत गत माघ २ गते राष्ट्रिय मानव अधिकार आयोग पुगिन । आयोगले सरोकार देखाएपछि प्रहरी र सेनाले उनीप्रति ध्यान दिएको हो । उनले फागुन पहिलो साता काठमाडौ प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई भेटिन् । खरेलले अनुसन्धानका लागि एक प्रहरी निरीक्षक खटाए । करिब दुई साता लामो अनुसन्धानबाट क्याप्टेन केसीले नै ती महिलालाई फोन गरेर वा गर्न लगाएर यौनजन्य संवादसहित दुब्र्यवहार गरेको खुल्न आएको हो ।
केसीले ९८४४३१९२१४ र ९८४३५४२३५० नम्बरबाट आफैले समेत फोन गरेर धम्क्याउने गरेका थिए । सबै प्रमाणहरु भेटिएपछि  महानगरीय प्रहरी परिसर काठमाडौंले क्याप्टेन केसीलाई कारबाही गर्न सैनिक प्रहरीलाई पत्राचार गरेको छ । फागुन २९ को पत्रमा प्रहरीले आप््नो अनुसन्धान र नेपाल टेलिकमको मद्दतले हेरिएको कल डिटेल अध्ययनबाटसमेत पुष्टि भएको उल्लेख छ ।
काठमाडौं प्रहरी प्रवक्ता डिएसपी अर्जुन चन्द ठकुरीले केसीलाई कारबाही गर्ने कानुनी आधार आफूहरुसंग नभएकाले सेनालाई पत्राचार गरिएको बताए । 'बलात्कार र ज्यान मुद्दामा मात्र प्रहरीले सैनिक कर्मचारी माथी अनुसन्धान गर्न पाउछ,' उनले भने, 'बाँकी मुद्दामा कारबाही गर्न नमिल्ने भएकाले उता पठाइएको हो ।'
 http://www.ekantipur.com

,

news and entertainment