दिपिकाले २६ मार्चमा आफ्ना फेसबुकमा लाइभ च्याट गर्ने !

फेसबुकमा बलिउड नायीका दीपिका पादुकोणका प्रशंसक अन्य नायीका तथा कलाकार भन्दा धेरै भएका छन् । उनको फेसबुक पेजमा लाइक गर्नेहरूको संख्या डेढ करोड पुगेपछि दीपिकाले अन्य सबै नायीका तथा कलाकारलाई फेसबुक फ्यानमा पछारेकी छिन् । बलिउड कलाकारहरूमध्ये डेढ करोड फ्यान पार गर्ने दीपिका पहिलो कलाकार हुन् ।

ककटेलदेखी लिएर रामलिलासम्ममा उनका फ्यानहरूको संख्या निकै बढेको थियो र सोही क्रम जारी रहेर अहिले उनको फ्यानहरूको संख्या डेढ करोड नाघेको हो । यतिमात्र नभई उनले आफ्ना प्रशंशकहरूलाई पनि समय दिने गरेकी छिन् । उनले २६ मार्चमा आफ्ना प्रशंसकहरूसँग फेसबुकमा लाइभ च्याट गर्ने भएकी छिन् । यस्तो थाहा पाएपछि उनको प्रशंसकको संख्या अझ धेरै बढ्ने बताइएको छ ।

दीपिका आफ्नो उक्त उपलब्धीको श्रेय आफ्ना प्रशंसकलाई दिन्छिन् ।

,

news and entertainment