भुत प्रेतमा बिश्वास लाग्दैन ? कसरि भूतले भन्सारको कर्मचारीलाइ गाला चड्कायो

१२ चैत, काठमाण्डौ । अंग्रेजसँग बिगतमा हाम्रा पुर्खाले थुप्रैचोटी लडे, थुप्रै भुभाग गुमाए र संसारभर बीर गोर्खालीको किर्ति फैलाए । तर, उत्तरी छिमेक चीनसँग लड्दाको मूल्य अहिले पनि हामी चुकाउँदैछौं ।
सुन्दा अचम्म लाग्ला– रसुवागढीमा वीरगति प्राप्त गरेका हाम्रा तीनै १६ सय सिपाहीको ‘भट्किलो आत्मा’ले अहिले ‘शान्ति’ खोजीरहेको छ । रसुवागढीमा रहेको एउटा सानो भन्सार कार्यालय जहाँ १४ जना कर्मचारी कार्यरत छन, त्यहाँ अहिले तीनै १६ सैनिकका आत्माको आतंक छ ।
भन्सार छेउको घरमा लहरै सुत्छन यी कर्मचारी । राती कतिबेला आएर अदृष्य शक्तिले स्लिपिङ ब्यागभित्रबाट उचालेर टुक्रुक्क बसाइदिने, उचाल्ने, पछार्ने, सुसेल्ने र बत्ति बाल्ने हो ठेगान हुन्न ।
त्यहाँ कार्यरत सुब्बा उद्धव थपलिया भन्छन– बडो मुस्किलसँग दिन गुजार्दै छौं हजुर ।’ बैद्य निकट राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय कोषाध्यक्षसमेत रहेका रामबहादुर रावल यो अड्डामा लेखापाल छन् । ‘बाम बिचारधारामा बिश्वास राख्ने म, भूतप्रेतको अस्तित्व स्वीकार्दिन ।’ उनी भन्छन–‘तर, यहीँ आएपछि थाहा भयो भौतिक दुनियाँ बाहेक पनि केही रहेछ ।’
जुरुक्क उचालेर कानमा से–से(धन्यवाद) भन्यो हजुर ।’ अर्का सुब्बा राजन भट्टराईलाई पनि गालामा थप्पड हानिएको गुनासो कर्मचारीले गरेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।

,

news and entertainment