मेसीको ह्याट्रिकमा ओसासुनालाई बार्साको ७ गोल
लियोनेल मेसीको ह्याट्रिक मद्धतमा ओसासुनालाई फराकिलो अन्तरले पराजित गर्दै बार्सीलोनाले ला लिगामा उपाधि होड कायमै राखेको छ । आइतबार राती बार्साको मैदान नोउ क्याम्पमा भएको खेलमा बार्साले ओसासुनालाई ७-० ले पराजित गरेको हो ।
ओसासना विरुद्ध ह्याट्रिक गरेसंगै मेसी बार्सीलोनाका लागी सर्वकालिन सर्वाधिक गोल कर्ता पनि बनेका छन् । मेसीले गोल संख्या ३ सय ७१ पुगेको छ ।
मेसीले ह्याट्रिक गरेको खेलमा बार्साका लागी एलेक्स सान्चेज, आन्द्रेज इनेस्टा, क्रिस्टियन टेलो र पेड्रेले एक एक गोल गरे । १८ औं मिनेटमा गोल गर्दै बार्सालाई अग्रता दिलाएका मेसीले खेलको ६३ औं र ८८ औं मिनेटमा गोल गर्खै ह्याटिक पुरा गरेका थिए ।
यो संगै मेसीको जारी ला लिगमा १८ गोल गरेका मेसी सर्वाधिक गोल कर्ताको तेस्रो स्थानमा उक्लेका छन् मेसीको गोल संख्या १८ पुगेको छ भने शिर्ष स्थानमा रहेको रियलको क्रिस्टियानो रोनाल्डोको २५ गोल रहेको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको डिएगो कोस्टाको २२ गोल छ ।
जितपछि २८ खेलबाट ६६ अंक जोडेको बार्साले शिर्ष स्थानमा रहेको रियल र दोस्रो स्थानको एथ्लेटिकोसंगको अंक दुरी कम गरेको छ । शिर्ष स्थानमा रहेको रियलको २८ खेलबाट ७० अंक छ भने समान खेलबाट ६७ अंक जोडेको एथ्लेटिको दोस्रो स्थानमा छ ।
