यसरी जल्यो सिनामंगलको सुकुम्बासी बस्ती (फोटोफिचर)
काठमाडौंको सिनामंगलमा आज दिउँसो आगलागि भएको छ । सिनामंलस्थित स्थित सुकुम्बासी बस्तीमा कवाडी सामान थुपारिएको ठाउँबाट विजुली सर्ट भएर आगलागी भएको हो । आगलागि हुँदा बस्तीका ५० बढी छाप्रा जलेर भएको छ ।
सुकुम्बासी बस्तीका छाप्राहरुमा चाडै सल्कने खालको सामानहरु प्रयोग गरिएकाले चाढै सल्किएको बताइएको छ । तर आगलागिमा कुनै मानविय क्षति भने भएको छैन । सुकुम्बासी बस्तीमा आगलागि भएपछि त्यसलाई नियन्त्रण गर्न दमकलका साथै सुरक्षाकर्मी र स्थानियबासीहरु घटनास्थल पुगेका थिए ।
