७१ वर्षे अभिताभ बच्चन ओछ्यानमा
एजेन्सी । ७१ वर्षे बलिउड अभिनेता अमिताभ बच्चन विरामी परेका छन् । सदाबहार महानायक रुपमा निचिने अमिताभको स्वास्थ्यमा खरावी आएको उनी स्वयम्ले फेसबुकबाट बताएका छन् ।
उनको सिटी स्क्यान गर्दा खासै ठूलो समस्या नभए पनि दुःखाई अझै जारी रहेको बताएका छन् । उनलाई डाक्टरले ओछ्यानमै आराम गर्ने सल्लाह दिएका छन् ।
उमेरले डाँडा काट्न लाग्दा पनि व्यस्त जीवन बिताइरहेका अमिताभले आफ्नो अवस्थाबारे जानकारी दिइरहने जनाएका छन् । उनको अवस्था केही दिनअघिदेखि खराब भएको हो ।
सोमबार मुम्बईको एक अस्पतालमा उनले स्वासथ्य परीक्षण गरेका थिए । विरामी भएको यो अवस्थामा उनले आफ्नी नातिनी आराध्यासग बढी समय बिताइरहेका छन् ।

