दुई यात्रु युवतिलाई जबरजस्ती अन्यत्र लैजाने ट्याक्सी डाइभर पक्राउ

२७ फागुन, भक्तपुर ।
ट्याक्सी चालकसँग विवाद भएपछि ट्याक्सीमा रहेका यात्रुलाई जवरजस्ती अन्यत्र लैजाने बा १ ज ५०९० नम्वरको ट्याक्सीका चालक सिपाडोल बस्ने ३८ बर्षीय आइते तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखा जिल्ला ध्यापचोक घर भई जमल बस्ने २१ बर्षीया शान्तीमाया तामाङ र गोरखा जिल्ला सौरपानी-१ घर भई सिनामंगल बस्ने १९ बर्षीया दिक्षा गुरुङ फागुन २६ गते राती १० बजे गोंगबुबाट उक्त ट्याक्सी चढी सिनामंगलतर्फ जाने क्रममा ट्याक्सी चालकसँग विवाद भएपछि ट्याक्सी चालकले जवरजस्ती ट्याक्सी भक्तपुरतर्फ लगेका थिए ।

खवर प्राप्त हुनेवित्तिकै खटिएको प्रहरीले राति १ बजे भक्तपुर ब्रम्हायणीबाट उक्त ट्याक्सी, चालक तथा दुवै महिलालाई नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ । 

, ,

news and entertainment