कोरिया भरि यिनकै चर्चा
कोम यो जोग अर्थात उत्तर कोरियाली शासक किम जोंग उनकी कान्छी बहिनी, आजकल कोरियाली प्रायद्धीप मात्रै होइन् संसार भर यिनको चर्चा छ।
उत्तर कोरियाली मिडियाले किम यो जोंगलाई आइतबार सम्पन्न सर्वोच्च जनपरिषदको चुनावका क्रममा उनलाई पहिचान गरेको थियो।
उत्तर कोरियाली जानकारहरुले २७ वर्षिया किमले कोरियाली राजनीतिमा ठुलो भुमिका खेल्ने अनुमान गरेका छन्।
उनले फुपु किम क्योंग हि झै प्योङयोङमा ठुलो भुमिका पाउने बताइन्छ।
हाल हाल किम क्योंग हि निष्क्रिय छिन्। उनकी शक्तिशाली श्रीमान जंग संग थेइकको शासक उनले हत्या गरिदिएपछि उनी राजनीतिबाट पर छिन्।
उनको स्वास्थमा समस्या भएको बताइन्छ। उनले खाली गरेको स्थान किम यो जोंगले भर्ने बताइएको छ।
किम यो जोंगको अर्को मजबुत पक्ष भनेको उनमा बाइकडु रगत बग्नु हो। बाइकडु वंशको हुनुनै आउँदा दिनमा राजनीतिमा ठुलो भमिका निर्वाह गर्न पर्याप्त हुने विश्लेषकहरु बताउँछन ।
बाइकडु उत्तर कोरिया र चीनको सिमानामा पर्ने एउट पहाड हो। यहाँ उत्तर कोरियाका निर्माता अर्थात हालका शासक किम जोंग उनका हजुरबुबा किम इल सुङ जन्मिएका थिए। सोही ठाउँको नामबाट किम वंशको नाम बाइकडु राखिएको हो ।
२७ वर्षिया किम यो जोंगलाई सार्वजनिक स्थलमा अब विस्तारै देख्न पाइने र उनको भुमिका बढ्दै जाने दोगक विश्वविद्यालयका प्राध्यापक को यो ह्वान बताउँछन।
उत्तर कोरियाली समाचार सस्था केसिएनएले आइतबार जारी गरेको एक रिपोर्टमा किम यो जोंग कम्युनिष्ट पार्टीको शक्तिशाली केन्द्रिय समितिको वरिष्ठ अधिकारीका रुपमा रहेको उल्लेख गरेको छ।
किम जंग उन जस्तै किम यो जंगले पनि स्विटजरल्याण्डमा पढेकी हुन्।
उत्तर कोरियामा भर्खरै मात्र सर्वोच्च जनपरिषदको चुनाव भएको थियो। ६८७ क्षेत्रमा भएको चुनावमा करिब १०० प्रतिशत मत खसेको उत्तर कोरयाली अधिकारीहरुले बताएका छन्।
उत्तर कोरयाले लिने महत्वपुर्ण निर्णयमा २७ वर्षिय किम यो जोंगको पनि प्रभाव रहने निश्चित जस्तै भएकाले संसार भरी चर्चा भएको हो ।
