मलाइ यो जिन्दगिले कहा पुर्यायो? बलात्कृत १० बर्षीया बालिकाको बेदना!
बाबु रोजगारका लागि भारत गएका बेला जन्मेकी उनलाई बाबुले अस्वीकार गरेका थिए भने आमाले पनि उनलाई छाडेर दोस्रो विवाह गरेकी थिइन् । उनलाई स्थानीय एक महिला गीता परियारले संरक्षण दिँदै आएकी थिइन् । साथीकोमा बस्न गएका बेला खड्गकोट २, गुल्मीका २९ बर्षिय जीवन दमाईले मंगलबार राति बलात्कार गरेका थिए ।
दमाईकी छोरी बलात्कृत बालिकाकी साथी हुन् । घरमा श्रीमती नभएको मौका छोपेर छोरीसँगै सुतेकी बालिकालाई राति १ बजे दमाईले बलात्कार गरेका हुन् । राति नै बालिका भाग्न खोजे पनि झन्डै ७० मिटर टाढासम्म पुगेर बलात्कार गरेको देखिएको निमित्त प्रहरी प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले बताए । जीवन दमाईलाई भुर्तुङ प्रहरी चौकी इन्चार्ज पशुपति बोहोराको नेतृत्वको प्रहरी टोलीले बुधबार पक्राउ गरेको छ । बालिकाको योनीबाट अत्यधिक रगत बगेको र विक्षिप्त बनेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बालिका सुतेको बिस्तरादेखि बारीसम्म रगत बगेको देखिएको प्रहरीले जनाएको छ । बालिकाको योनीबाट अत्यधिक रगत बगेको र विक्षिप्त बनेको अवस्थामा बुधबार बिहान देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घाइते बालिकाको जिल्ला अस्पताल गुल्मीमा उपचार हुन नसकेपछि स्थानीय संघसंस्थाबाट सहयोग संकलन गरी थप उपचारका लागि प्रहरीले मिसन अस्पताल पाल्पा पठाएको छ ।
ती बालिकाको आर्थिक अभावले उपचारमा समस्या भएको थाहा पाए पछि इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स का अध्यक्ष अर्जुनप्रसाद मैनालीले रु. २५ हजार तुरुन्तै सहयोग पठाएका थिए | मैनालीले ती बालिकाको पढाईको लागी अक्षय बनाउन रु. ५० हजार, बालिकालाई कपडा किन्न रु. २ हजार र बालिकाको लालनपोषण गरिरहेकी महिला गीता परियारलाई पुरष्कार स्वरुप रु. १० हजार प्रदान गर्न आफ्ना साथीहरु ( शैलेश पोखरेल, रु. १००००, शिव राइ, रु. ५०००, नेत्र बिमली रु. ५०००, अम्बिका मैनाली पोखरेल, रु. २०००, तरुण पौडेल रु. २५००, राज गौतम रु. ५०००, संजय थापा रु. ५०००, परिता राजभण्डारी रु. ५०००, दुर्गेश कार्की रु. २०००, सुक्रराज घिमिरे रु. ५०००, मनोज अधिकारी रु. ५०००, कमल घताने रु. ५०००, अर्जुनप्रसाद मैनालीले ५५००) बाट जम्मा रु. ६२ हजार सहयोग संकलन गरी गुल्मीमा पठाएका छन्।
ती बालिकाको लागि उपरोक्त सहयोगका साथै विभिन्न क्षेत्रबाट सहयोग जुट्न थाले पछि सदरमुकाम तम्घासमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बालकल्याण समितिको बैठकले प्र जि अ नै संरक्षक रहने गरी अक्षयकोष स्थापना गर्न लागिएको छ ।
ती बालिका अहिलेसम्म पढ्नबाट बञ्चित भएकाले अब विद्यालय भर्ना गरेर पढ्न ब्यबस्था मिलाउन लागिएको छ । गुल्मी जिल्ला बालकल्याण समितिको बैठकले सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।