मलेसियाबाट हराइरहेको विमानका सवै मरेको घोषणा
१० चैत,एजेन्सी। मलेसियन एयरलाइन्सले हराईरहेको विमानका यात्रुका आफन्तलाई विमानमा सवार कोही पनि जीवित नरहेको सन्देश पठाएको छ।
विमान हराएको दुइ हप्तापछी आधिकारिकरुपमा एअरलाइन्सले कोही पनि नबाँचेको बताएको हो।
एअरलाइन्सले परिवारलाई मोबाइलबाट एसएमएस पठाउँदै फ्लाइट MH370 हराएको र कोही पनि नबाँचेको जनाएको हो।
अष्ट्रेलियाले विमान जस्तै दुइ वस्तु समुन्द्रमा देखेपछी खोजी कार्यमा नयाँ सफलता मिलेको अनुमानका बीच मलेसियाको एअरलाइन्सले यस्तो सन्देश पठाएको हो।
