कमजोर यमनसँग पनि नेपाल हार्यो
१२ चैत, काठमाण्डौ ।
मंगलबार भएको यमन विरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल दुई शुन्यले पराजित भएको छ । कतारको राजधानी दोहामा आयोजित खेलमा नेपाली टोलीले आफुभन्दा कम वरियतामा रहेको यमनसँग लज्जाजनक हार ब्यहोरेको हो । यमनका कमिल तारीकले ५८ मिनेट तथा मोहोमद बार्वसिले ६६ औं मिनेटमा गरेको गोलनै नेपाललाई हराएन काफी भए ।
यसअघि गत मंसिरमा भएको भारत विरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा पनि नेपाली टोली २ शून्य ले पराजित भएको थियो । नेपालले अब चैत २८ गते फिलिपिन्ससँग अर्को मैत्रीपूर्ण खेल खेल्नेछ ।
