बेपत्ता मलेसियन बिमान दुर्घटनाग्रस्त फेला, सबै २३९ यात्रुको मृत्यु

१० चैत, एजेन्सी ।
झण्डै ३ साता अघिदेखी बेपत्ता मलेशियन एयरको बिमान हिन्द महासागरमा दुर्घटना भएको मलेसियाली प्रधानमन्त्रीले जानकारी दिएका छन् । मलेसियाका प्रधानमन्त्री नजिब रजाकले १८ दिनअघिदेखि हराइरहेको एमएच ३७० विमान अस्ट्रेलिया नजिकै हिन्द महासागरमा दुर्घटना ग्रस्त भेटिएको र सबैयात्रुको मृत्यु भएको जानकारी दिएका हुन् ।

सोमवार साँझ संक्षिप्त पत्रकार सम्मेलनमा बोल्दै मलेसियाली प्रधानमन्त्री रजाकले विमानमा रहेका सबै यात्रुहरुको मृत्यु भएको र यसबारे परिवारका सदस्यहरुलाई खबर गरि सकिएको बताएका छन् ।

मलेसियाको राजधानी क्वाललम्पुरबाट चिनको राजधानी बेइजिगंकालागि छुटेको उक्त बिमानमा चिनका मात्रै १५४ यात्रु रहेका थिए भने बिमानमा १६ देशका नागरिक रहेका थिए ।
बेपत्ता बिमान खोज्न २६ देशका झण्डै एक सय पानि जहाँज तथा दर्जनौं सैनिक बिमान परिचालन गरिएको थियो ।

अन्तिममा स्याटेलाइटबाट प्राप्त तस्विरको मद्दतले बेपत्ता बिमान दुर्घटना ग्रस्त फेला परेको मलेशियाली प्रधानमन्त्रीले बताएका छन् ।

, ,

news and entertainment