१० चैत,काठमाडौं। बंगलादेशमा जारी टी २० विश्वकप क्रिकेटमा श्रीलंकाले नेदरल्याण्डमाथि इतिहास रचेको छ । आज भएको खेलमा टस हारेर ब्याटिङ रोजेको नेदरल्याण्डलाई श्रीलंकाले ३९ रनमा सीमित गरेको हो । नेदरल्याण्डले १० दशमलव ३ ओभरमा केवल ३९ रन बनाउन सक्यो । श्रीलंकाली बलरहरुका सामु नेदरल्याण्डका ब्याट्सम्यानहरु निरिह देखिए ।
नेदरल्याण्डका ५ खेलाडी शुन्य रनमा आउट भएका थिए भने १ जनाले मात्र दोहरो अंकको स्कोर बनाउन सकेका थिए।
श्रीलंकाको लागि एन्जेलो म्याथ्युज र अजन्ता मेन्डिसले समान ३-३ विकेट र लसिथ मलिंगाले २ विकेट लिएका थिए।
अहिले श्रीलंकाले नेदरल्याण्डले प्रस्तुत गरेको ४० रनको लक्ष्य पच्छ्याइरहेको छ । यस अघि टी २० क्रिकेटमा सबै भन्दा कम लक्ष्य ५६ रनको रहेकोमा नेदरल्याण्डले सो नकारात्मक रेकर्ड तोडेर सबै भन्दा कम ४० रन बनाएको हो ।
विश्वकपमा श्रीलंकाले इतिहास रच्यो, नेदरल्याण्ड ३९ रनमा आउट
news and entertainment
