नायिका आलियाले भनिन्, ‘म राम्रो चुम्बन खान्छु’
(एजेन्सी) आलिया भट्ट हेर्दा जति साझो देखिन्छिन् उनी असली जीवनमा भने त्यतिकै बोल्ड छिन् । उनले अभिनय गरेका पछिल्ला दुई चलचित्रमा चुम्बनका दृश्य दिएकी छिन् भने उनको नयाँ चलचित्र टु स्टेटस्मा पनि सेक्स फ्याक्टरलाई अझ खुलेर प्रदर्शन गरेकी छिन् ।
हालै मात्र एक पत्रकार सम्मलेनमा आलियालाई पत्रकारहरुले ‘तपाईं चलचित्रमा के कुरा राम्रो गर्नुहुन्छ’ भनेर प्रश्न गर्दा ‘म राम्रो चुम्बन खान्छु र अर्जुनले पनि त्यही भन्छन् ।’ । उनको यस जवाफले पत्रकारहरु केही बेर अचम्ममा परेका थिए ।
आलियाका अनुसार चलचित्रमा चुम्बनको दृश्यले बक्स अफिसमा फाइदा पुग्छ र यो कुरा उनलाई करण जोहरले सिकाएका हुन् ।

