ज्ञानेन्द्रको नया चाल प्रतेक बिहिबार बैठक गरि तराइका जिल्ला जाने तयारि

१८ चैत, काठमाडौ । पुर्व राजा ज्ञानेन्द्रको निर्मल निवासमा बिहीबार सबै कर्मचारीको बैठक हुने गरेको छ। बैठकमा दरबारले गर्ने योजनाका विषयमा छलफल हुने गरेको छ। स्रोतका अनुसार नयाँ वर्ष २०७० मनाउन तराईका जिल्ला जाने तयारी गरेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो भ्रमणको विषयमा सोही बैठकबाट निर्णय गर्ने भएका छन।

बैठकले मुलुकमा भएका घटनाक्रम आफ्नो कार्यक्रमको विषयमा समेत छलफल हुने गरेको स्रोतले जनाएको छ। हरेक बिहीबार हुनै बैठकमा सबै सचिवले आ-आफ्नो क्षेत्र र विषयमा पूर्वराजालाई जानकारी गराउने गरेका छन्। 
gyanendra ex king
बैठकमा निजी सचिव सागर तिमल्सिना,संवाद सचिव डा.फणिराज पाठक, मधु तिमल्सिना र पूर्व मुख्य सचिव पशुपतिभक्त महर्जनको समेत सहभागिता रहने गरेको छ।

'बैठकले दरबारमा गरिने सबै कामको विषयमा समेत छलफल गरिने भएको छ,'स्रोतले बतायो। पूर्वराजा सधै आफ्ना कर्मचारीलाई भेट्न नसकेपछि हप्ताको एकपटक भेट गर्ने प्रचलनअनुसार बैठक राख्ने गरेका हुन्। बैठकमा आधादर्जन कर्मचारीको सहभागिता हुने गरेको छ।

केही समय चुपचाप बसेका ज्ञानेन्द्र फेरि १० जिल्लाको दोडाहामा निस्कने भएका कुरा आजको समाचार पत्रमा छापिएको छ।

,

news and entertainment