पोर्न स्टारको सन्नीमाथि आरोप, ‘मेरो स्टाइल चोरिन्
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रागिनी एमएमएस २’ की नायिका सन्नी लियोनीलाई एक पोर्न स्टारले गम्भिर आरोप लगाएकी छिन् । सन्नीले यो चलचित्रमा नृत्य गरेको ‘बेबी डाँल’ बोलको गीतको स्टाइल आफ्नो भएको शान्ती डाइनामाइटको दाबी छ ।
सन्नीले आइटम नृत्यमा आफ्नो स्टाइलो चोरी गरेको भन्दै शान्तीले आपत्ती जनाएकी छिन् । सन्नी अभिनित चलचित्रको यो गीत अहिले चर्चामा छ । शान्ती भारतीय मुलकी बेलायती पोर्न स्टार हुन् । सन्नी लियोनीको बलिउड प्रवेशसँगै शान्तीले पनि यस्तै अवसर खोजेको बताइन्छ ।