अमेरिकमा पहिरोबाट २१ को मृत्यु

१७ चैत, अर्लिङ्गटन, (संयुक्त राज्य अमेरिका) । अमेरिकामा पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २१ पुगेको समाचार छ ।
आइतबार चारवटा थप शव प्राप्त भएपछि सो सङ्ख्या बढेर २१ पुगेको अधिकारीहरुले बताएका छन् ।

वासिङ्टन राज्यको ओसो सहरमा गत मार्च २२ बाट सुरु भएको यस पहिरोका कारण अझै ३० व्यक्ति हराएको पनि अधिकारीहरुले जानकारी दिएको छ । 

पहिरो सुरु भएपछि तत्कालै केही व्यक्तिलाई भने जीवितै उद्धार गरिएको समाचारमा बताइएको छ ।
Arlington-landslide

यस पहिरोबाट २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३० वेपत्ता भएको अधिकारीहरुले आइतबार पुष्टि गरेका बताइएको छ ।वेपत्ता व्यक्तिको उद्धारकार्य जारी रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । रासस-एएफपी

,

news and entertainment