पूर्व प्रधानमन्त्रीले घुस खाएको पुष्टी

१७ चैत, तेल अविव । इजरायलका पूर्व प्रधानमन्त्रीलाई त्यहाँको एक अदालतले भ्रष्टाचारमा दोषी देखाएको समाचार छ ।
उनीमाथि घुस लिएको आरोप लागेको थियो । उक्त विषयमा भएको अनुसन्धानका क्रममा उहाँले घुस लिएको प्रमाणित भएको र भ्रष्टाचारी ठहर गरिएको समाचारमा जनाइएको छ ।

पूर्व प्रधानमन्त्री एहुद अल्मर्टको सो मुद्दाको सुनुवाइका क्रममा इजरायलको तेलविवस्थित जिल्ला अदालतले सोमबारै सो ठहर गरेको हो ।
money
इजरायलको पब्लिक च्यानल १ नामक टेलिभिजनले दिएको समाचारअनुसार उनीमाथि जेरुसेलममा निर्माणाधीन एक हाउजिङ्मा उनले घुस लिनुभएको आरोप लगाइएको थियो ।
उक्त आरोप प्रमाणित भएको सो अदालतले जनाएको समाचारमा जनाइएको छ । तर त्यस विषयमा अदालतको फैसला भने आएको छैन ।

उक्त नगरको मेयर भएको समयमा उक्त हाउजिङ् कम्पनीसँग उनले घुस लिनुभएको आरोप लगाइएको थियो । तर उक्त मुद्दामा उहाँमाथिको कारबाहीको बारेमा भने केही बताइएको छैन । रासस-एएफपी

, ,

news and entertainment