चिनियाँ दूतावासको फोनपछि गोरखापत्रमा खैलाबैला

गतिविधिमा’ शीर्षकको समाचार रातोपाटीमा प्रकाशन भएपछि सरकारी मुखपत्र गोरखापत्र दैनिकमा भएको यसैसँग सम्बन्धित अर्को समाचार फेला फरेको छ । फागुन १० गतेको गोरखापत्रमा भारतमा निर्वासित जीवन बिताई रहेका दलाई लामा र अमेरिकी राष्ट्रपति ओबामाबीचको भेटघाटलाई लिएर तस्विरसहित प्रमुखताका साथ समाचार छापेकोप्रति चीनले आपत्ति जनाएको स्रोतले जनाएको छ ।
लामा र ओबामाबीच भएको भेटलाई लिएर त्यतिकै रुष्ट रहेका चीनलाई नेपालको सरकारी पत्रिका गोरखापत्रले त्यही समाचारलाई प्रमुखताका साथ स्पेस दिएकोप्रति आपत्ति जनाउँदै चिनियाँ दूतावासले गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालालाई फोन गरेका थिए । चिनियाँ दुतावासबाट फोन आएपछि महाप्रबन्धक कोइरालाले यस बारे आफूलाई कुनै जानकारी नभएको र यस बारे आफू हेरेर र बुझेर कुनै प्रतिकृया दिने भन्दै फोन काटेका थिए । त्यतिबेला भारतको भ्रमणमै रहेका कारणले प्रधानसम्पादक पुष्कर माथेमाको अनुपस्थितिमा सम्पादकीयको जिम्मा प्रबन्धसम्पादक सीताराम अग्रहरीको काँधमा थियो ।
महाप्रबन्धक कोइरालाले तत्कालै सीताराम अग्रहरीलाई बोलाएर यस्तो फोटो किन छापिएको भन्दै स्पष्टीकरण मागेका थिए । प्रबन्धसम्पादक सीताराम अग्रहरीले पनि आफूले सो दिन पेज नहरेको भन्दै जिम्मेवारीबाट पन्छिएका थिए । जब कि कुनै पनि पत्रिकाको प्रधानसम्पादकले सबै पेज आफै फाइनल हेर्छन् वा अरु कसैलाई जिम्मेवारी दिएर गएका हुन्छन् । कोइरालाले कुटनीतिक हिसाबले पनि यस्ता व्यक्तिहरुको समाचार सम्प्रेशन गर्दा ख्याल पुर्याउनुपर्ने सल्लाह अग्रहरीलाई दिएका थिए । जवाफमा अग्रहरीले, ‘पत्रिकामा कसको फोटो छाप्ने, कसको नछाप्ने जिम्मेवारी सम्पादकीय शाखाको काम हो । यसमा व्यवस्थापनले हस्तक्षेप गर्न नहुने जस्तो लागेको’ भन्दै कोइरालाको च्याम्बरबाट बम्किदै आफ्नो कार्यकक्षमा फर्केका थिए ।
अग्रहरीले कोइरालाको हप्काई खाएर आफ्नो कार्यकक्षमा आइ तुरुन्त बैठक बोलाएका थिए । अग्रहरीले बम्किदै, ‘महाप्रबन्धक भएर सम्पादनमा हस्तक्षेप गर्ने, यसो हो भने हामीलाई यो छाप्ने त्यो नछाप्ने निर्देशिका बनाएर दिनुपर्यो भनेका थिए ।’ त्यसपछि आफ्नो कार्यकक्षमा बोलाएका दिवा डेस्कका इन्चार्ज वसन्त उपाध्याय र अन्तर्राष्ट्रिय पृष्ठ हेर्ने सम्पादक अच्युतराज अधिकारीलाई यो स्थितिमा कसरी काम गर्ने, महाप्रबन्धक भएर यस्तो हस्पेक्ष गर्ने, महाप्रबन्धकजीको यो व्यवहार मलाई मन परेन ।’
अग्रहरी र कोइरालाबीचको त्यही कुरालाई लिएर दुरी बढेपछि कोइरालाले अग्रहरीलाई प्रधान सम्पादक नबनाई उनी आफै प्रधानसम्पादक भएका छन् । जब कि प्रधानसम्पादक हुने लाइनमा एकजना अग्रहरीमात्र हुन् । कांग्रेसको सञ्चार मन्त्री आएपछि माथेमाले प्रधानसम्पादकबाट राजिनामा दिएपछि अग्रहरी सो पदमा जानका लागि निकै दौडधुप गरेका थिए तर कोइरालाले अग्रहरीलाई नबनाएर आफै प्रधानसम्पादक भएका छन् ।
स्मरण रहोस् नेपाल सरकारले एकातिर हामी एक चीनको नीतिमा छौ भनिरहेका छन् भने अर्को तिर चीनलाई खण्डन गर्न लागेका दलाई लामालाई आफ्नै मुखपत्रले उचालि रहेका छन् । यसले चीन र नेपालबीचको सम्बन्धमा असर पुर्याउन सकिने परराष्ट्रविद्हरु बताउँछन् ।

के भन्छन् यस विषयमा गोरखापत्रका प्रबन्धसम्पादक सीताराम अग्रहरी ?

रातोपाटीले सीताराम अग्रहरीसँग सम्पर्क गर्दा उनले चिनियाँ दूतावसबाट उनको शाखामा कुनै फोन नआएको र त्यसबारे आफूलाई जानकारी नभएको बताए । ‘मलाईभन्दा हाम्रो जिएम साब’लाई सोध्नुहोस्,’ उनले भने । किन त्यो फोटो छापियो भन्ने प्रश्नमा उनले उक्त समाचार राससबाट आएको र सबै सरकारी सञ्चार माध्यममा प्रशारण भएको जानकारी दिए । ‘यो समाचार राससबाट आएको थियो । सायद यसलाई हामीले मात्र होइन रेडियो नेपालले पनि प्रशारण गरेको थियो,’ उनले भने । अग्रहरीका अनुसार राज्यले अवलम्बन गरेको एक चीन नीतिविरुद्ध गोरखापत्र नरहेको भन्दै यसमा दुई राष्ट्रबीच कुनै खलल उत्पन्न गराउने उद्देश्य नरहेको उनले स्पष्ट पारे ।

, ,

news and entertainment