राजनीतिक दलको आडमा गरिने गुण्डागर्दी र अपराध मलाई मान्य हुन्न। रमेश खरेलले
काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश खरेलले शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण गर्ने विषयमा कोहीसँग पनि सम्झौता नगर्ने बताएका छन् । बुधबार राजधानीको चुनदेवीमा सामूदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्रले गरेको नागरिक र प्रहरीबीचको अन्तर्क्रिया कार्यक्रममा खरेलले अपराध नियन्त्रणको सम्बन्धमा चलिरहेको राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने बताए।
कार्यक्रममा खरेलले भने, 'राजनीतिक दलको आडमा गरिने गुण्डागर्दी र अपराध मलाई मान्य हुन्न।
उनले अगाडि थपे,' गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले कुनै कसर बाँकी राख्ने छैन, प्रष्ट हुनुहोस्।'
पर्वको नाममा विकृति मच्चाउनेलाई कारबाही गरिने बताउँदै खरेलले होली पर्वलाई मर्यादित बनाउनु सबैको कर्तव्य भएको भन्दै सहयोग गर्न सर्वसाधारणसँग अपेक्षा गरेका छन्।
