जोनले विवाह गरेपछि इन्गेजमेन्ट गर्दै विपाशा

(एजेन्सी) बलिवुडकी फिट अभिनेत्री भनेर चिनिनै विपाशा बासुले छिट्टै इन्गेजमेन्ट गर्ने भएकी छिन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार विपाशा र उनका प्रेमी हरमन बावेजाले अब आफ्नो सम्बन्धलाई एक कदम अगाडि लैजाने निधो गरेका हुन् । केही समयअघि मात्र उनले सार्वजनिक रुपमा आफ्नो सम्बन्धको बारेमा स्वीकार गरेकी थिइन् । र, अहिले आएर उनले आफू इन्गेजमेन्ट गर्न लागेको पनि खुलासा गरेकी छिन् । उनी यो शुभ कार्य हरमन बावेजको नयाँ चलचित्र ‘ढिशक्याउँ’को रिलिजको तुरुन्त पछाडि गर्दै छन् । यो Bipasha Basu Hot Photoshoot Photos for Maxim, Bipasha Basu Hot Stills in Maxim Magazine Dec 2012चलचित्र २८ मार्चमा रिलिज हुन लागेको छ । विपाशाका नजिकका साथीहरुले पनि दुवैका परिवारहरुले पनि एक–अर्कालाई भेटी सकेका छन् र उनीहरुलाई पनि यस सम्बन्धबारे कुनै आपत्ति नरहेको कुरा बताएका छन् । विपाशा र हरमनको प्रेमसम्बन्धको बारेमा धेरै अघिदेखि नै समाचारहरु सञ्चार माध्यममा आउने गरेका थिए । तर अहिले आएर मात्र उनीहरु यसबारेमा खुलेर कुरा गर्न थालेका हुन् । अमिताभ बच्चनको पार्टीमा अन्तरवार्ताको दौरान हरमनले विपाशाको खुब तारिफ गरेका थिए । हरमन अगाडि विपासा र जोन अब्राहमबीच प्रेम सम्बन्ध थियो । उनीहरु लिव इन रिलेशमा पनि बस्थे तर पछिल्लो साल उनीहरुको सम्बन्ध टुटेको थियो । जोनले पछिल्लो जनवारीमा प्रिया रुँचलसँग विवाह गरेका थिए ।

, , ,

news and entertainment