फोटो खिच्दा हिरोइनको घाटी र खुट्टा दुखेपछि क्यामरा म्यान दंग
चलचित्रको पत्रकार सम्मेलनमा आकर्षक भएर आएकी नव नायिका हेमा श्रेष्ठलाई फोटो खिच्न भने खुबै अल्छी लाग्यो । सुरुमा केही मिडियाको अघि पोज दिएपनि पछि भने उनको फोटो खिच्दा खिच्दै टाउको, खुट्टा दुखेछ । यसैले फोटो खिच्नका लागि पत्रकारहरुले गरेको आग्रहलाई उनले आफ्नो खुट्टा र घाटी दुखेको जवाफ फर्काइन् । उनको यो जवाफलाई धेरैले नसुहाउँदो ढस्साको संज्ञा दिए ।
चलचित्रका निर्देशक मिलन चाम्ससँग उनको निकटता बढेको पाइन्छ । तर चाम्स भने आफूहरुको सम्बन्ध निर्देशक र नायिकाको मात्र भएको बताउँछन् । आफ्नै सिनेमाको कार्यक्रममा फोटो खिच्न अल्छी मान्ने हेमाले सिनेमा भित्र भने खतरनाक याक्सनका दृश्य दिएकी छिन् ।
अब प्रश्न उठ्छ कि, एकैछिन प्रेसमिटमा उभिदा घाटी र खुट्टा दुखेको अस्वभाविक जवाफ फर्काउने यि नायिकाले चलचित्रमा भने यस्ता दृश्य कसरी दिइन् होला ? चलचित्रमा दिएको दृश्य र हिरोइनको प्रेस मिटको हर्कत विल्कुल फरक धु्रवमा देखिएका छन् । उसो त हेमाको चर्चा बजारमा खासै उचाइमा पुगिसकेको छैन । यसैले पनि उनले छोटो समयमा नै यस्ता खालका जवाफ दिने र नसुहाउने नखरा देखाउने हो भने, सिने नगरीमा जम्न गाह्रो हुने उपस्थित पत्रकारहरुले कानेखुशी गरे ।
एकैछिन पत्रकार सम्मेलनमा फोटो खिच्दा शरीरका अंग दुखेको बताउने हेमाको अभिनयको तारिफ भने कार्यक्रममा डेढ घन्टा ढिलो आइपुगेका नायक राजेश हमालले खुलेरै गरे ।
उनले हेमाले चलचित्रमा खुबै राम्रो काम गरेको भन्दै नव हिरोइन द्वन्द्वमा पोख्त भएको बताए । हमालले यसो भनिरहदा हेमा मुसुमुसु हाँसिरहेकी थिइन् । उनले सुरुमा काम गर्न सक्छु र जस्तो लागेको, तर पछि सबैको सहयोगले अगाडि बढेको बताइन् ।
१३७ जना खलपात्रहरुसँग याक्सन गर्ने हेमाको कामलाई प्रशंसा गर्नैपर्छ । तर छोटो समयमा नै आफूलाई स्टार सोच्दै मिडियाको अघि अस्वभाविक ढस्सा देखाउने उनको बानीले भने चर्चासँग आलोचना भोगिरहेको छ ।