क्रिमिया रुसमा गाभियो, नेपालको आधिकारीक धारणा के ?

१० चैत,काठमाडौं ।युक्रेनवाट क्रिमिया रुसमा गाभिएको बिषयले अन्तराष्टिय राजनीति तातेको समयमा क्रिमिया रुसमा गाभिएको प्रसंग नेपालको संसदमा समेत उठेको छ । सोमवार संसदको बैठकमा राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले क्रिमिया रुसमा गाभिएको बिषयमा नेपाल सरकारको आधिकारीक धारणा मागेका हुन् । शक्ति सम्पन्न राष्टहरुले साना देशमाथी अत्याचार गरेको तथा नेपालको सार्वभौमसत्ता भिरको डिलमा अडिएको भन्दै सभासद केसीले क्रिमिया रुसमा गाभिएको सम्बन्धमा नेपाल सरकारको आधिकारीक धारणा माग गरेका हुन् । क्रिमियालाइ गाभेको बिषयलाइ लिएर अमेरिकाले रुसी नागरिकका नाममा रहेका बैक खाता रोक्का गर्ने चेतावनी दिएको छ । क्रिमिया हाल रुसीको नियन्त्रणमा आइसकेको छ। केही समय अघि सम्पन्न जनमत संग्रहमा अधिकांश क्रिमियनहरले रुसमा गाभिनेमा मतदान गरेका थिए। तर उक्त जनमतसंग्रहलाई यरोपेली देशहरु र अमेरिकाले मान्न इन्कार गरेका छन्।

,

news and entertainment