यस्तो छ आतंककारी भनिएका तर नठहरिएका ब्यक्तिहरुको तस्बीर :
आतंककारीको संलग्नता छैन : पुलिस चीफ
मलेसिया सरकार, मलेसिया एअरलाइन्स र त्यहाँको सुरक्षा निकायका अधिकारीहरुले फर्जी पार्सपोर्ट धारी ब्यक्तिहरु कुनै पनी आतंककारी गतिबिधिमा सामेल नभएको पुष्टि गरेको छ । मलेसियाली पोलिस चीफ Khalid Abu Bakarले उनिहरुको सिसीटीभी फुटेजहरु मार्फ़त इन्टरपोलको सहयोगमा गरेको अनुसन्धानमार्फ़त आफुहरु यो निष्कर्षमा पुगेको बताएका छन ।
“हामीलाई के बिश्वास छैन भने ऊनि आतंककारी गति बिधिमा संलग्न थिएनन बरु हामी लाई यो बिश्वास छ ऊनि(इरानी ब्यक्ति) जर्मनीमा बसाई सराई गरेर जादै थिए ।” पत्रकार सम्मलेनमा मलेसियाली सुरक्षा प्रमुख खालिदले भने ।
खालिदले बिमान हराउनुका चार सम्भाब्यता समेत बताएका छन : पहिलो, हाइज्याक। दोश्रो सेबोटाज,तेस्रो, यात्रु र चालक दलको मनोबैज्ञानिक समस्या र चौथो, चालक दलका कसैको ब्यक्तिगत समस्या कारण बिमान दुर्घट्ना भएको बताएका छन ।
