ऋषि धमलाको नेताहरुले कसरी गरे प्रशंसा ?

१७ चैत,काठमाडौं।  ऋषि धमला देशका चर्चित पत्रकार हुन्। रिपोर्टस क्लव र धमला एकअर्का पर्यायवाची जस्तै छन्। रिपोर्टस क्लव भनेपछी धमला र धमलासंगै रिपोर्टस क्लवको नाम आईहाल्छ। उनी रिपोर्टस क्लवको सदाबहार अध्यक्ष पनि हुन्।

आज राजधानीमा रिपोर्टस क्लवको १६ औं बार्षिक उत्सव थियो। कार्यक्रम ठुला नेताहरु डाकिएको थियो।
कार्यक्रममा नेताहरुले पनि धमला र क्लवको खुलेरै प्रशंसा गरे।

सधै चर्चा रहिरहन रुचाउने धमला त्यसो त प्रतिदिन गाली र ताली खाइरहने व्यक्ति हुन्। केही दिन यता उनी नेपाली क्रिकेट कप्तान पारस खड्कासंग लिएको अन्तर्वाताका कारण पनि चर्चित छन् ।
Rishi-Dhamala
आज भने उनले राम्रो ताली पाए।
धमला र रिपोर्टस क्लवका बारेमा कस्ले के भने ?
सुभास नेम्वाङः रिपोर्टर्स क्लब नेपालले मुलुक अप्ठ्यारो परिस्थितिमा हुँदा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्मरण गर्दै यसको निरन्तरता सहित संविधान निर्माणमा दवाव मुलुक भूमिका निर्वाह गर्न क्लब र अध्यक्ष ऋषि धमलालाई सुझाव ।
झलनाथ खनालः
रिपोर्टर्स क्लब नेपालले मुलुकको अग्रगति र जनतालाई सुचित गर्ने हिसावमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै अझै लोकतन्त्र र संविधान निर्माणको पक्षमा आफूलाई दवाव समूहको रुपमा अघि बढाउन सुझाव
खिलराज रेग्मीः
सञ्चारक्षेत्रको विकास उल्लेखनीय हुने भन्दै रिपोर्टर्स क्लब नेपालले लोकतन्त्र, विधीको शासन, प्रेस स्वतन्त्रता, मानवअधिकारको पक्षमा खेलेको भूमिकाको प्रसंसा । क्लबलाई संविधान निर्माणको काममा दवाव मुलक भूमिका निर्वाह गर्न सुझाव समेत दिए ।
कृष्णप्रसाद सिटौलाः
रिपोर्टर्स क्लब नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रेस आन्दोलनलाई अघि बढाउन महत्वपुर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै रिपोर्टर्स क्लब नेपालको नेतृत्व गर्दै आएका अध्यक्ष ऋषि धमला खट्न सक्ने र उद्देश्यमा अविचलित रुपमा लाग्ने सक्रिय पात्र
सूर्यबहादुर थापा
रिपोर्टर्स क्लब नेपाल मुलुकको समस्या, प्रेस स्वतन्त्रता, प्रजातन्त्र र जनताको अधिकारको रक्षाको लागि सदा निर्भिग्न भएर कार्यरत रहेको उल्लेख गर्दै आफ्नो भूमिकालाई अझै सशक्त बनाएर अघि बढ्न सुभकामना
नरहरी आचार्य
क्लबले अभिब्यक्ति स्वतन्त्रताको रक्षाको लागि क्लबको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मुलुक जनप्रतिनिधि विहीन रहेको अवस्थामा खेलेको भूमिका ईतिहासले मुल्याङकन गर्ने
वर्षमान पुनः
लोकतन्त्र, समावेसीता र परिवर्तनको लागि रिपोर्टर्स क्लब नेपालले सन्तुलित र दवाव मुलक भूमिका निर्वाह गरेको उल्लेख गर्दै क्लबलाई थप सफलताको सुभकामना
कमल थापा
रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापना कालदेखिनै राजनीतिक र पत्रकारिताको विकासको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै सकारात्मक राजनीतिलाई अघि बढाउन क्लबको भूमिका महत्वपूर्ण हुने
पम्फा भुसाल
परिवर्तन र रुपान्तरणको आन्दोलनमा रिपोर्टर्स क्लब नेपालको भूमिका मत्वपूर्ण भएको भन्दै विगतको जस्तै सन्तुलित भूमिका खेल्दै अघि बढ्न सुझाव
चित्रबहादुर केसी
नेपालको प्रजातान्त्रिक आन्दोलनमा क्लबको भूमिका र क्लबका अध्यक्ष ऋषि धमलाको सक्रियाता महत्वपुर्ण

,

news and entertainment