एसएसपी खरेलको सिआइडी बताई पैसा उठाउने एक युवा पक्राउ

आफूलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाको सिआइडी हुँ भनि पैसा असुल्दै हिँड्ने एक युवक पक्राउ परेका छन् । काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश खरेलको महानगरीय प्रहरी प्रभाग अन्तर्गत हनुमानढोकाको सिआइडी बताउने कास्की धिताल–३ घर भई हाल पोखरा–५ पस्र्याङ बस्ने २१ वर्षीय सुवासचन्द्र पौडेल पक्राउ परेका हुन् ।
 
पौडेलले बुधबार बिहान १० बजे कास्की पोखरा–१० रामघाटस्थित लमजुङ्ग होटलका संचालक कृष्ण गिरीलाई तपाईंविरुद्ध मुद्धा परेको छ भनि धाकधम्की दिएर रकम मागेका थिए ।

खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी टोली जाँदा निज,ग ८ प १००२ नम्बरको मोटरसाइकलमा चढेर फरार रहेकोमा उनलाई बुधबार नै बेलुकी ८ बजे प्रहरीले पक्राउ गरेको हो । उनलाई पोखरा–१० स्थित पश्चिम क्षेत्रीय अस्पताल पछाडिबाट पक्राउ गरि थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

,

news and entertainment