चिट चोर्न नदिएको भन्दै शिक्षकको घर तोडफोड

१४ चैत, रौतहट । प्रवेशिका परिक्षा शिक्षकले कडा पारेको भन्दै रौतहटको एक विद्यालयका परिक्षार्थिहरुले शिक्षकको घर तोडफोड गरेका छन । परिक्षामा चिट चोर्न नपाए पछि रौतहटको बसबिट्टि जिंगडिया मा रहेको मध्य क्षेत्रिय प्रहरी बोर्डिंग स्कूलका विद्यार्थीहरुले उच्च मावि गरुडाका शिक्षक सँजय साहको घरमा आक्रमण गरेका हुन ।

आज कम्पूटर विषयको परिक्षा सकिए लगतै विद्यार्थीहरुको समूहले शिक्षक साहको घर तोडफोड गरेका हुन । “म घरमै थिए । परिक्षा सकिए पछि विद्यार्थीहरुको एक हुलले अचानक मेरो घरमा ढुङ्गामुढा ग-यो ।” घटना सुनाउदै शिक्षक साहले भने “परिक्षामा कडाई गर्ने र चिट चोरेको विषयमा स्थानिय पत्रिकामा समाचार लेख्ने भन्दै उनीहरुले घरमा ढुङ्गामुढा गरे । श्रीमती र बालबच्चा लिएर म घर भित्रै लुके ।” घरको मूल ढोका बन्द भएकोले विद्यार्थीहरुको समूह भित्र पस्न सकेन ।

शिक्षक साह सँचारकर्मी समेत भएकोले समाचार लेखेको विषयमा पनि विद्यार्थी आक्रोशित बनेका थिए । तर शिक्षक साहले आफू सँचारकर्मी भए पनि परिक्षाका विषयमा कुनै समाचार नलेखेको बताए । म आफै शिक्षक समेत भएकोले परिक्षाका विषयमा समाचार लेखिन तर मलाई नै विद्यार्थीहरुले तारो बनाए ।

यता विद्यार्थीहरुले शिक्षक तथा सँचारकर्मीको घर तोडफोड गरे पछि प्रहरी स्कूलका प्रधानाध्यापक सिकेन्द्र महतले घटनाका बारेमा आफूलाई थाहा नभएको र विद्यार्थीको आक्रोशका कारण घटना भएको हुन सक्ने बताए ।

स्थानिय पत्रिकामा सँचारकर्मी सँजय मिश्रले खबर लेखेको तर विद्यार्थीहरुले भूलवस सँचारकर्मी तथा सँजय साहको घरमा आक्रमण गरेको हुन सक्ने बताए । यता नेपाल पत्रकार महासँघ रौतहट शाखाले घटना निन्दनीय भएकोले र दोषि पहिचान गरी कारवाही गर्नु पर्ने माँग गरेको छ ।

,

news and entertainment