दीपिकाले संजय लिला भन्सालीको नया फिल्म खेलिनन
बलिउड नायिका दीपिका पादुकोणलाई यतिबेला सिनेमाको कुनै अभाव छैन । उनको हातमा सिनेमाको ताती नै लागेको छ । तर पनि आफूलाई हिट बनाउने ब्यानर र निर्देशकलाई समेत वास्ता नगर्ने प्रवृत्ती उनमा देखिएको छ ।
नायिका दीपिका पादुकोणले गतबर्ष संजयलिला भन्सालीको ‘रामलीला’मा अभिनय गरेर चर्चा पाइन् । तर उनै नायिकाले सफल सिनेमा बनाउने संजयको नयाँ चलचित्र ‘बाजिराव मस्तानी’मा काम नगर्ने जनाएकी छिन् । उनी संजयलाई छोडेर करण जोहरको ‘शुद्धी’मा काम गर्न राजी भएको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।
संजय ‘बाजिराव मस्तानी’मा रणविर सिंह र दीपिकाको जोडीलाई दोहोर्याउन चाहन्थे । तर दीपिकाले सिनेमा टुक्राएपछि उनको यो सपना अधुरै भएको छ ।